२०८१ बैशाख ६ बिहीबार

खै त हाम्रो देशमा नयाँ संविधान ?✍️कुल प्रसाद वगाले

खै त हाम्रो देशमा नयाँ संविधान ?

कुल प्रसाद वगाले

सोमबार , २०७९/०५/२०

कमल -०५, झापा
अब हामी कुरा गरुम नेपालको कानुन अनि नियमको बारेमा
वास्तविक रूपमा भन्ने हो भन्ने नेपालको विश्वको उत्कृष्ट संविधान भन्ने गरिन्छ तर यसको कार्योनयन भने एकदमै फितलोपन देखिएको छ । यो देशमा धनीका लागि कानुन बनाएको हो तर गरिब , दुःखी र निमुखाका निम्ति बनाइएको होइन रहेछ ।

यहाँ पीडितहरुले याथर्थ रूपमा भन्ने हो भने नियम कानुन नै छैन । न्यायका निम्ति दिनहुुँ तड्पिरहेका मेरा नेपाली जनताहरुको सुरक्षाका निमित्त के गर्‍यो र हाम्रो सरकारले यो देशमा । माथी पद र सामर्थ्यमा पुगेका ती चोरहरुलाई जनताहरुको पिडाका विषयमा कहिले सोचेनन् ।यिनीहरुका लागि त याथर्थ रूपमा भन्ने हो भने नियम कानुन केही पनि लाग्दैन ।यिनीहरुले जस्तोसुकै घिनलाग्दो र कानुन विरुद्ध काम गर्दा नि माथी माथी नै चेनल र लिन्क मिलाएर दोषी भएता पनि पुरै बचाउनछन् ।तर यहाँ यदि त्यहीँ दोषी यदि गरिब र सामान्य दु:खीत वर्गको हुन्छन् भने चै तिनीहरुका निम्ति भने चै हाम्रो देशमा कानुन लाग्छ भन्या ।यो कहाँको विभेद हो नि ? नियम र कानुन भनेको त सबैलाई लाग्नुपर्ने होइन र ?

अचम्म र विचित्रको कानुन छ हाम्रो देशमा कुनै देशमा नभएको ।
हाम्रो देशमा यदि कसैको हत्या अनि बलात्कार भयो भने यदि त्यो सामर्थ्यमा रहेको नेताहरुको कार्यकर्ताले दोषी हो भने यहाँ सब गुपचुप हुन्छन् ।ती चोरहरुलाई माथीबाट नै बचाउन लाग्छन् ठुलठुला दलहरु र पार्टीका नेताहरूले । अनि फेरि भोट भने चै हामी भेडा जनताहरु पनि त्यहीँ पापी, पिसास ,बेकामे अनि स्वार्थी नेताहरुलाई नै दिएर जिताउछौँ ?

यहाँबाट हामी बुझ्छौँ कि साच्चिकै हामी नेपाली जनताहरुले यो देशमा परिवर्तन चाहेका छैनौं भनेर । यदि वास्तविक रूपमा साच्चिकै हामीले परिवर्तन गर्ने र नयाँ नेपाल बनाउने परिकल्पना गर्नुभएको नै छ भने हजुर करिब ३ करोड नेपाली जनताहरु के चै हेरेर बस्नुभएको छ हँ । अझै पनि यी नै भ्रस्टाचारि स्वार्थी नेताहरूलाई साथ दिएर विश्वास र भरोसा गर्नुभयो भने नि यो देश अरु कसैले होइन । तपाईंहरु स्वयमैले धोस्त र विकासको विरुद्धमा हुनुहुन्छ ।

अब पनि तपाईंहरुको घैटोमा घाम लागेन भने नि मेरा प्रिय सम्मानीय , आदरणीय र विवेकशील जनताहरु , तपाईंहरु ढुक्क हुनुहोस् नि हजुरहरुले नै देश डुबाउने कर्तव्य निभाउनु हुनुहुदैँ छ । अनि सबैले सकक्षम , परिवर्तनशील , विकासप्रेमी , लगनशील र इमानदार नेतृत्व छन् । यो देशको भविष्यको जिम्मेवार व्यक्तिहरु भनेकै तपाईं जनताहरु ।अब तपाईंहरुले निर्णय गर्ने बेला आएको छ ।सोच्नुहोस् , धैर्य हुनुहोस् अनि आ-आफ्नो कर्तव्य निभाउनुहोस् । खोइ त नयाँ संविधानको प्रभावकारि कार्योवनयन कहिले हुन्छ यो हाम्रो देशमा ?हाम्रो यो बहुमुल्य भोट हाल्ने अवसर , अधिकार र कर्तव्यलाई निश्पक्ष ढङ्गले विवेकपुर्ण तरिकाले प्रयोग गर्नुपर्ने जिम्मेवारी पनि हामी जनताकै हो। जनताहरुले अब हुन लागेको मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा आ-आफ्नो बहुमुल्य मताधिकार प्रयोग गरौं ।

२०७९ भाद्र २०, सोमबार प्रकाशित 1 Minute 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार