२०८१ बैशाख १२ बुधबार

राष्ट्रिय युवा संघ नेपाल, कास्कीको सचिवालय बैठक सम्पन्न!!

भदौ २४
राष्ट्रिय युवा संघ नेपाल, कास्की जिल्ला कमिटी को सचिवालय बैठक आज सम्पन्न भएको छ् । उक्त बैठकमा अध्यक्षता कास्की का अध्यक्ष पान वहादुर जि.सिले गर्नु भएको थियो । भने सो बैठकमा जिल्लाका पदाधिकारी, सचिवालयका सदस्यहरू, क्षेत्रीय संयोजक, निर्वाचन प्रदेश कमिटीका संयोजकह पालिकाका संयोजक र विभाग प्रमुख उपस्थित हुनुहुन्थ्यो ।
उक्त बैठकको प्रमुख अतिथि नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ , सह संयोजक विकास अधिकारी , युवा संघ कास्की जिल्ला स ह इन्चार्ज बिष्णु सुवेदी, सरस्वती पुरी केन्द्रिय सदस्यहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो भने सम्पूर्ण बैठकमा उपस्थिति सम्पूर्णले आ-आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए।
२०७९ भाद्र २८ पोखरामा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले उदघाटन गर्ने लाेकतान्त्रिक तमु संघ काे दाेस्राे राष्ट्रिय सम्मेलनलाई सफल बनाउन राष्ट्रिय युवा संघ कास्कीका मातहतका सम्पुर्ण युवा परिचालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयो ।सो बैठक जिल्ला कमिटी, सचिब नमराज के.सी ले सञ्चालन गर्नु भएको थियो ।

२०७९ भाद्र २४, शुक्रबार प्रकाशित 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार