२०८१ चैत्र ८ शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल कास्की, मादी गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न – अध्यक्षमा उमेस गुरुङ

राष्ट्रिय युवा संघ नेपाल, कास्की मादी गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न !!

राष्ट्रिय युवा संघ नेपाल, मादि गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनको अध्यक्षता राजु अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथी ने.क.पा. एमाले जिल्ला कमिटीका अध्यक्ष मन बाहादुर गुरुङ , युवा संघका प्रदेश संयोजक महेन्द्र गुरुङ, ,पार्टिका उप-सचिब दर्शन लामा, युवा संघ जिल्ला अध्यक्ष पान बहादुर जि सि ले आफ्नो शुभकामना मनतब्य राख्नु भएको थियो।

अधिवेशनले उमेस गुरुङको अध्यक्षतामा ४९ सदस्य पालिका कमिटी चयन गरेको छ उक्त कमिटीको उपाध्यक्षमा – कुमार गुरुङ , सचिव – निलम् गुरुङ , सह-सचिवहरु- जिवन पौडेल, नवराज अधिकारी कोषाद्य्यक्ष छेत्र व. गुरुङ चयन हुनु भएको छ् ।

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले केन्द्रको, सरकुलर बमोजिम अन्नपूर्ण , माछापुच्छ्रे र आज मादि अधिवेशन गरेको हो भने अब यही भदौ भित्र पोखरा महानगर र रूपा को अधिबेशन सम्पन्न गर्ने कुरा राष्ट्रिय युवा संघ जिल्ला कमिटी सचिव नमराज के सि. ले बताउनु भयो। ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 684 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार