२०८२ बैशाख १५ सोमबार

नेपालले महिला साफको बाङ्लादेशसँगको फाइनल खेलमा पराजित हुँदा इतिहास रच्नबाट वन्चित ।

नेपालले महिला साफको बाङ्लादेशसँगको फाइनल खेलमा पराजित हुँदा इतिहास रच्नबाट वन्चित ।

कुल प्रसाद वगाले

मंगलबार ,२०७९/०६/०४

बुढानिलकण्ठ ,काठमाण्डौँ

नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित बन्न पुगेको छ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफको ७०औं मिनेटमा अनिता बस्नेतको गोलबाट आशा जगाएको थियो। तर त्यसको केही मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थियो।

अन्तिम समयसम्मै बंगलादेशलाई दबाबमा राखेको नेपालले गोल भने गर्न सकेन। नेपाल पहिलोपटक बंगलादेशससँग पराजित भएको हो। यसअघिका ८ खेलमा नेपालले ६ खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो।

यससँगै बंगलादेश पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ।नेपाली महिला राष्ट्रिय टोलिको अनुभव कम देखिएको छ ।यहाँ नियमित रूपमा प्रशिक्षण नै हुँदैन ।नेपालीले समग्रमा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि हार बेहोर्नुपर्यो ।आउँदो दिनमा राम्रो खेल्ने अपेक्षा छ ।

नेपालमा तिन मुख्य खेलाडी कप्तान मिडफिल्डर रेनुका नगरकोटी,डिफेन्स पुजा रानामगर ,इस्ट्राइकर मन्जली योनजन साथसाथै डेङ्गयु रोगले ग्रसित फरवाडर साम्बा साबित्रा भन्डारीलाई दोस्रो हापमा मात्रै बैकल्पिक खेलाडीको रूपमा मैदान उत्रार्नु यो फाइनल खेल हार्नुको मुख्य कारणहरु हुन् ।
तर महिला नेपाली खेलाडीलेल खेलमैदानमा निकै नै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार