२०८० मंसिर २४ आईतवार

कास्कीमा गठबन्धनलाई ठूलो धक्का, माओवादीका प्रभावशाली नेता सवै एमाले प्रवेश !

पोखरा १५ कार्तिक ।कास्कीमा नेकपा माओवादी केन्द्रलाई ठूलै धक्का लागेको छ । आज मात्रै कास्कीमा प्रभावशाली मानिएका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता–कार्यकर्ता चुनावको मुखैमा सोमबार एमाले प्रवेश गरेसँगै माओवादीलाई धक्का लागेको छ ।

स्थानीय निवार्चनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार बनेका पोखरा १८ का राजु शर्मा तिमिल्सीना एमाले प्रवेश गरेका छन् । आज नेकपा एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा एमालेमा समाहित भएका बताएका छन् । पाटी प्रवेश गर्दै तिमील्सीनाले विद्यार्थी काल देखि नै एमालेको भातृसङ्गठन अनेरास्वियुमा आबद्ध रहेर काम गरेको भन्दै तत्कालीन समयमा पाटीमा काम गरेको बताए । नेपाली भुमिमा विभीन्न गुट उप गुटले राजनीती गर्ने गरेको र अब मुल घरमा नै फर्केको बताउनु भयो ।
नेकपा माओवादी केन्द्र पाटी परित्याग गरी दर्जनौ कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्वजिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत १२ जना एमाले प्रवेश गर्नुभएको हो ।उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।

कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गर्नुभएको हो ।

एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गर्नुभएको थियो । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।

 

२०७९ कार्तिक १४, सोमबार प्रकाशित 1 Minute 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार