२०८१ फाल्गुन ७ बुधबार

हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त l

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ । इरानमा अनिवार्य हिजाबको विरोधमा भएको प्रदर्शनले देशलाई हल्लाएको बेला सरकारले यो कारबाही गरेको हो ।


रिपोर्टका अनुसार तेहरान नजिकको कोम प्रान्तमा रहेको यस बैंकका प्रबन्धकलाई प्रान्तीय गभर्नरको आदेशमा बर्खास्त गरिएको थियो। इरानमा गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा कुटपिटपछि  मृत्यु भएको थियो।


हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले पक्राउ गरेको थियो । अमिनीको मृत्युपछि इरानमा हिजाब र सरकारविरुद्ध प्रदर्शन जारी छ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 0 Minutes 692 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।