नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा गत सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा मा नेकपा एमाले बाट उम्मेदवार रहेका सबै उम्मेदवारहरू लाई आफ्नो अमुल्य भोट प्रदान गरी कुल ९ सिट संख्यामा ७ नेकपा एमालेले बिजयी हासिल गरेको थियो उक्त निर्वाचन पश्चात नेकपा एमाले ज़िला कमिटी कास्कीका कार्यवाहक अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक तेजनारायण अधिकारी द्वारा मतदाता हरू समक्ष धन्यवाद ज्ञापन बिज्ञप्ति व्यक्त गरेका छन ।
हार्दिक आभार एवं धन्यवाद।
आदरणीय आमा बुवा, दिदिबहिनी दाजुभाइ एवं सम्पूर्ण कस्केली मतदाताहरु लगायत पार्टीका नेता र कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुमा सर्वप्रथम हार्दिक अभिवादन व्यक्त गर्दछु ।
यही मंसिर ४ गते, कास्की जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्बाचनको प्राप्त परिणाम अनुसार यस जिल्लामा सत्तारुढ गठबन्धनको हरेक खालको तिकडम, राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गर्दै नेकपा एमालेका सूर्य ध्वजा बाहक उम्मेदवारहरुमा प्रतिनिधि सभा क्षेत्र नं १ बाट कमरेड मन बहादुर गुरुङ्ग, क्षेत्र नं २ बाट कमरेड विद्या भट्टराई अधिकारी, क्षेत्र नं ३ बाट कमरेड दामोदर पौडेल बैरागी, प्रदेश सभा १(१) बाट कमरेड खगराज अधिकारी र १(२) बाट कमरेड बेद बहादुर गुरुङ्ग(श्याम), २(१) बाट कमरेड भिम बहादुर कार्की र ३(१) बाट कमरेड गणेश मान गुरुङ्गले अत्याधिक मत ल्याई विजयी हुनुभएको छ। विजयी प्रतिनिधि सभा सदस्य एव प्रदेश सभा सदस्य कमरेडहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्य ध्वजा वाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ती प्रभावकारी रुपमा क्रियाशील र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नं २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेता पनि आदरणीय कस्केली मतदाताहरुको अपार माया ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तिन वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको छ। कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी वन्न पुगेको छ। कस्केली जनताको माया ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन: प्रमाणित भएको छ।
नेकपा (एमाले)का सूर्य ध्वजा बाहक उम्मेदवारहरुलाई
अत्याधिक मत दिइ विजयी गराउने आदरणीय मतदाता एवं जनसमुदायमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ ।
निर्वाचनमा दिन रात नभनी अहोरात्र खटनु हुने पार्टीका नेता र कार्यकर्ताहरु, निर्बाचन सम्पन्न गर्न सहयोग गर्ने निर्बाचन आयोग, मतदानमा खटिनु भएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, संचार माध्यम लगायत सम्पूर्णमा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्की एवं सिङ्गो पार्टी पंक्तीको तर्फवाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ ।
साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र र देशको समृद्धिका खातिर सिङ्गो एमाले पंक्तीलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको छ। धन्यवाद,
हार्दिक अभिवादन सहित,
तेजनारायण अधिकारी
कार्यबाहक अध्यक्ष तथा संयोजक
नेकपा (एमाले ) निर्वाचन परिचालन कमिटी
कास्की।