२०८१ बैशाख ५ बुधबार

गायक प्रकाश दुतराजको सिड्नि कार्यक्रम भब्य रुपमा सम्पन्न ।

प्रकाश दुतराजको सिड्नि कार्यक्रम भब्य रुपमा सम्पन्न ।

पछिल्लो पटक युवा माझ अत्यन्त रुचाईएका तथा प्रख्यात गायक प्रकाश दुतराजको अष्ट्रेलिया स्थित सिड्निमा कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ सिड्निको ग्रानभिल स्थित हिमालयन प्यालेसमा भएको उक्त कार्यक्रममा प्रकाश संगै लोक गायिका भुमिका गिरी चर्चित मोडल अन्जलि अधिकारी साथै स्थानिय कलाकार निशा केसि, रोजन खत्री, बृन्दा पुन, मिना लामा, रामहरी आचार्य, दिब्सि भट्ट को प्रस्तुति संगै अष्ट्रेलियामा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्ताका बालबालिकाको कल्चरल प्रस्तुति समेत रहेको थियो ।


ह्याप्पि ईन्टरटेन्मेन्टको आयोजनामा भएको उत्त कार्यक्रमलाई Rest Real Estate ले मुख्य प्रायोजन रहेको थियो भने कार्यक्रममा गोल्डेन स्पोन्सर Swift Jobs , Silver Sponsor Encourage Training College, Education पार्टनरमा Destination Education & Visa Services, कलेज पार्टनरमा International Institute of Education,
Travel Partner मा Kathmandu Travel , Telecom Partner मा Expert Telecom रहेको थियो साथै Innovation Group, Boos education, Domino’s Liverpool , Imperior Conveyancing , Pacific college सपोर्टरको रुपमा रहेका थिए । कार्यक्रमको हस्पिटालिटि पार्टनरको रुपमा मोक्ष र ठेला रहेका थिए ।


जेनी अ मात्यले संचालन गरेको उक्त कार्यक्रममा युवा देखि अबिभाबक सबै जना प्रकाश अंजलि र भुमिकाको प्रस्तुतिमा झुमेका थिए ।


पछिल्लो पटक एक पछि अर्को चर्चित गित नेपालि सांगितिक बजारमा दिदै गरेका प्रकाश दुतराज को अष्ट्रेलिया कार्यक्रम लगत्तै युरोप लगायत बिश्वको अन्य देशमा कार्यक्रमको तयारी भएको जानकारी ह्याप्पि ईन्टरटेन्टमेन्टका डाईरेक्टर तथा युवा समाजसेवी सन्तोष आचार्यले बिश्वपाटीलाई जानकारी दिए ।

२०७९ मंसिर १३, मंगलवार प्रकाशित 1 Minute 619 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार