डा. तोसिमा कार्कीले सदस्यबाट दिइन् राजिनामा
तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो (आइतबार) उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।
यो पनि, चुनावी समीक्षा र सरकार गठनबारे छलफल गर्दै सत्ता गठबन्धन, आज बस्ने सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
‘आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ’, महासचिव गुरुङले भने । आज अपरान्ह ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।