काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।
आइतबार एमालेसहितका सात दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको टिप्पणी गरेका छन् ।’
‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो । चोटपछि चेत आउने यसरी नै हो बास्कोटाले फेसबुकमा भनेका छन् ।’ बास्कोटा कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्ने बताउँदै आएका छन्