२०८२ जेष्ठ ७ बुधबार

प्रधानमन्त्री प्रचण्ड निर्देशन – विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न आदेश !!

१५ पुस, काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले  जानकारी दिए ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

 

२०७९ पुष १५, शुक्रबार प्रकाशित 1 Minute 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार