काठमाडौं । पोर्चुगिज कप्तान तथा भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन्
उनिलाई २०२५ सम्मको लागि अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएको छ ।
यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ ।
रोनाल्डोलाई अल नसरले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । नसरले वार्षिक १७५ मिलियन पाउन्डको अफर गरेको थियो ।
कतार विश्वकप अघि ३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए ।
तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् । रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स गएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए ।