२०८१ माघ १ मंगलवार

पेलेको नाममा राष्ट्रिय रंगशाला बन्ने !!

अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरेको छ । विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम ‘पेले स्टेडियम’ नामाकरण गरिएको हो।

केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरिएको बताएका छन् । १५ हजार दर्शक क्षमताको उक्त रंगशाला राजधानी प्राइया नजिकै रहेको छ । विश्व फुटबलकै महान खेलाडीको रुपमा परिचित पेलेको ८२ वर्षको उमेरमा अघिल्लो साता मृत्यु भएको थियो।

पेले क्यान्सर पीडित थिए। पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि उचालेका थिए। पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।

पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 726 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।