२०८१ चैत्र ११ सोमबार

ओलि को टिप्पणी – हामी सङ्ग १८० मत,भोलि ८५/८८ थपिय अचम्म मानुपर्दैन !!

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा १८० मत पाउने दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग करिब १८० मत छ त्यसमाथि भोलि ८५ / ८८ थपियो भने पनि केही अप्ठ्यारो मान्नुपर्दैन पानी ग्यासमा नलागेर अन्त पोख्नुको अर्थ छैन सबैले बुझ्नुपर्छ ।’ सरकारले विश्वासको मत पाउँदैन भनेर बाहिर हल्लाको पछि लाग्नुको अर्थ नभएको बताए ।

‘हल्ला धेरै चल्छ, कसैले सरकार ढाल्छ न सोच्नु होला धेरै खेलाडी यहाँ दर्शक भइसके यो सरकार स्थायित्वका लागि बनेको हो । यो सरकार बनाउने र गिराउने खेल होइन’ उनले भने, ‘यो स्थायी सरकार हो । कुनै हल्लाको पछि लाग्नुको काम छैन यो सरकार निकम्मा होइन गतिशिल स्थिर सरकार हो ।’

सत्ता साझेदार दलको सबैभन्दा ठूलो दल भएको नाताले सरकारलाई सफल बनाउन लाग्ने उद्घोष गरे ।

२०७९ पुष २५, सोमबार प्रकाशित 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार