२०८० चैत्र १५ बिहीबार

आज दिनको १ बजे मन्त्रीहरूको शपथ ।(को को ले के पाए)? ?

काठमाडौं । आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूको सपथको समय तोकिएको छ । सोमबार सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भइसकेको हुँदा आज सपथको समय तोकिएको हो ।

सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नु हुने छ भने मंगलबार नै नयाँ मन्त्रीहरूको सपथ पनि गराइने छ ।

स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला तथा बालबालिका मन्त्रालय परेको छ । एमालेले यस अघि नै अर्थ मन्त्रालय लिइसकेको छ ।

माओवादी केन्द्रले ४ मन्त्रालय पाउने छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले ३÷३ वटा मन्त्रालय पाउने छन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई र जनमत पार्टीको भागमा एउटा मन्त्रालय परेको छ ।

यस्तै, माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । माओवादीले यसअघि भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।

गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना न्युन देखिएको छ ।

जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

२०७९ माघ ३, मंगलवार प्रकाशित 0 Minutes 820 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार