२०८० फाल्गुन १३ आईतवार

नागले दुध पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी, फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ । कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नागहरुलाई परापुर्बक कालदेखि नै दुध पिलाउने चलन निकै राम्रो मानिन्छ।

नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ।नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

संस्कृतमा नाग भन्नाले सर्प वा साँप भनेर बुझिन्छ। हिन्दू मान्यताअनुसार, नाग को वासस्थान पाताललोक (पृथ्वीभन्दा मुनि अवस्थित) भन्दा मुनि जसलाई नाग लोक वा नाग क्षेत्र हो भन्ने मान्यता छ र यो सृष्टिको शक्तिको एक भाग वा केन्द्रको रूप चिनिने गर्दछ । हाम्रो मेरूदण्ड पनि नागकै रूप हो, जसलाई सक्रिय राख्दा जहॉ सबै संवेदना भण्डार गरेको हुन्छ, महसूस गर्न सकिन्छ। यसलाई कुण्डलिनी भनिएको पनि यसैले हो।

कुण्डलिनीमा हाम्रो प्राणको सबै शक्ति निहीत रहेको हुन्छ, जसलाई जगाउने हो भने अद्भूत र असंभव प्रतीत कामहरू पनि सहजै सम्पन्न गर्न सकिने कुरा योगीहरूले बताउने गरेका छन्। परम्पराअनुसार नाग पञ्चमीको दिन नाग वा सर्पको आकृति बनाइ त्यसलाई सजाएर दुधले स्नान वा अभिषेक गर्ने गरिन्छ र कतिपय ठाउँमा सर्पलाइ दुध पनि खुवाने चलन छ। तर, सर्पलाई दुध खुवाने व्यापक विश्वास भने सत्य हाेइन।

 

सर्प वा नागहरुले कहिल्यै पनि दुध पिउने गर्दैनन्। यिनीहरु सरीसृप प्रजाति भित्र पर्दछन्, यिनीहरु स्तनधारी जीव हैनन्। स्तनधारी जीव नभएका कारण नाग वा सर्पले दुधलाई पचाउने सक्दैनन्, यसको सेवन गर्दा उनीहरुको ज्यान समेत जान सक्छ। नाग पञ्चमीको दिन सर्पले दुध पिएको देखिन्छ, तर यसकाे कारण भने नाग पञ्चमी आउनु केहि महिना अगाडि सपेराहरुको नाग खोज्ने काम तिब्र हुन्छ ।

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 378 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार