२०८१ बैशाख ८ शनिबार

गर्नुहोस् यी काम, मिल्छ लाभ ! !

आइतबार सूर्य देवको बारको रुपमा मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ । धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो । यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ । सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछ ।

१. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ । २. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ । ३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ । ४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ । ६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ । ७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ । ८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ ।

२०७९ माघ ९, सोमबार प्रकाशित 0 Minutes 451 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार