२०८१ मंसिर २५ मंगलवार

मरेको मान्छे ज्युदो बनाउने दाबी गर्ने मणिरत्न यीनै हुन् l

काठमाडौं : सामाजिक सञ्जालमा अहिले एउटा अपत्यारिलो भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू मरेको मान्छे व्युताऊने शव खोज्दै हिँडेको दाबी गर्छन्।

युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ। अझ सापकोटाले भिडियोमा आफू मेडिकल क्षेत्रकै मान्छे भएको दाबी गरिरहेका छन्। उनले आफ्नो एउटा टिम रहेको र टिमले अनुसन्धान गरेर कम उमेरमै मृत्युवरण गर्नुपरेकालाई बचाउन सक्ने इन्जेक्सन तयार गरेको बताएका छन्।

हृदयघात, विष सेवन, सर्पको टोकाइ, डुबेर वा निसासिएर मृ’ त्यु भएका कम उमेरका मानिसलाई बचाउन सकिने उनको दाबी छ। ५०-६० वर्षभन्दा कम तर शरीरका सबै अंग सकुशल हुँदाहुँदै मृत्यु भएकालाई बचाउन सकिन्छ। हामी परीक्षणकै क्रममा छौं ।

सबैलाई राखेर खुला ठाउँमा हामी प्रयोग गर्न चाहन्छौं। सापकोटाले भिडियोमा भनेका छन्। दुर्घटनामा परेका, जलेका वा ५०-६० वर्ष नाघेकालाई भने उनले बनाएको इन्जेक्सनले काम नगर्ने उनको दाबी छ। उनले आफूले बनाएको केमिकल मुसा र बट्टाइ चरामा सफल परीक्षण गरिसकेको र अब मानिसमा परीक्षण गर्न खोजेको बताएका छन् ल

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।