२०८१ बैशाख ७ शुक्रबार

कोही पनि आत्तिनुपर्ने कुरा छैन : सुवास नेम्वाङ !!

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको पटक–पटक दोहोर्‍याए।

सहिद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याए।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।

नेम्वाङले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन्। सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो। के हुन्छ ? यी सबै घटनाक्रमहरूलाई स्वभाविक रूपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुङ्गोमा पुर्‍याउन सक्षम छौँ। यसमा अलिकति पनि आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने कुरा छैन।’
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको दाबी गरे।

२०७९ माघ १४, शनिबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार