२०८१ माघ १३ आईतवार

नेविसंघ कास्कीले पहिलो बैठक बाट गर्यो निम्न निर्णय ।

नेपाल विधार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति कास्किको अध्यक्ष श्री नशिव गुरुङ्ग को अध्यक्षतामा पहिलो वैठक सम्पन्न भएको छ। नेपालीकाङ्ग्रेस जिल्ला कार्यसमितिको भवन चिप्लेढुङ्गा पोखरामा बसेको उक्त वैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

नेविसंघ कास्की भित्र रहेका आवस्यक आवाजहरुलाई समेट्न आन्तरिक संगठनलाई रणनीति हिसाबमा मझवुत बनाउन, स्ववियु निर्वाचनलाई केन्द्रीतविषयमा छलफल भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्षले बताए।

साथै सहिदहरुलाई स्मरण गर्दै संगठन निर्माण गर्न लोकतन्त्र स्थापना स्थायित्व दिन अमुल्री योगदान पुर्याउनु भएका अग्रजरुलाई सम्झदै लामोसमयसम्म रिक्त रहेको नेविसंघ कास्कीलाई पुर्णता दिन सहयोग गर्नु भएकोमा नेविसंघ केन्द्रीय कार्यसमिती, नेविसंघ कास्कीका निवर्तमान सभापतिहरु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्की नेपाली कांग्रेस कास्किको संगठन विभाग प्रमुखलाई धन्यवाद दिईएको बताए।

फाल्गुन गते प्रजातन्त्र दिवसको दिन आवस्यक रचनात्मक कार्यक्रम गर्न, सारिक रहन नेविसंघ कास्की मातहतका विधार्थिहरुलाई आह्वान गरेको छ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 0 Minutes 588 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।