
आजको खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै सन्दिप लामिछानेले ठुलो सफलता हासिल गरेका छन् ।
विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् ।
आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए ।