
फेवातालमा डुंगा पल्टिदा १ घाइते
पोखराको फेवातालमा आज डुङगा पल्टिदा पोखरा १ बस्ने ७० वर्षिया यममाया गिरी गम्भीर घाईते भएकी छिन् । डुङ्गामा ६ जना सवार रहेकोमा ५ जनाको सकुशल उद्धार गरीएको छ । घाईते अवस्थामा उद्धार गरीएकी वृद्धको गण्डकी मेडीकल कलेज पोखरामा भेण्टीलेटरमा राखि उपचार भईरहेको छ । घाईते गिरीसहित डुङ्गामा सवार सबैले लाईफ ज्याकेटको प्रयोग गरेको भएपनि गिरीलाई डुबेको डुङ्गाले च्यापेको थियो । हवाहुरीले अन्य ४ ओटा कायकिङ डुङ्गालाई समेत अनियन्त्रित गराएको थियो ।अचानक आएको हावाहुरीले प्रसिद्ध तालवाराही मन्दिर नजिकै डुङ्गा अनियन्त्रीत गराई पल्टिएको हो ।
—