२०८१ बैशाख ८ शनिबार

नेविसंघ पिएन क्याम्पस र लाइन्स क्लब अफ पोखरा अंजुलीको बृहत् रक्तदान कार्यक्रम ।

लायन्स क्लब अफ पोखरा अंजुलीको आयोजनामा नेपाल बिद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस कमिटीको व्यवस्थापन र वि क्यान डु नामक सस्थाको सहयोगमा पृथ्वी नारायण क्याम्पस प्रांगणमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नम्बर १ का वडा अध्यक्ष सारदा कुमारी पराजुलीले लायन्स क्लबले हरेक दिन हरेक कार्यक्रम समाजको हितको निम्ति कार्य गर्दै आएको छ र आम मानिसमा सबै भंदा राम्रो र उचित काम मध्यको रक्तदान पनी एउटा हो जसले जीवन बचाऊने काममा पाइला चालेको छ यो प्रति बिशेस आभार अनी सहयोगी संस्था र उपस्थित सबैमा आफ़ुले वडामा जनताको हित र बिकास गर्दै आएको र यो अभियानमा सबैले साथ दिदै आऊनु भएको र आगामी दिनमा समेत सहयोगको अपेच्छा रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै लायन्स क्लब अफ पोखरा अंजुलीका अध्यक्ष बिना पाईजाले लायन्स क्लबले सदैब समाज र जनताको निम्ति सबै एकजुट भई बिभिन्न कार्यक्रम मार्फत सकेको सहयोग गर्दै आएको र आजको यो रक्तदान कार्यक्रममा बिशेस धन्यवाद नेविसंघ पिएन क़्याम्पस र वि क्यान डु जसले सहयोगी र व्यवस्थापकको रुपमा संगै सम्पूर्ण रक्तदाता अनी उपस्थिति सम्पूर्णमा हार्दिक आभार सहित आगामी दिनहरूमा समेत यस्तै खालका सामाजिक कामहरू गर्ने र अन्य संस्थाहरू द्वारा गरीएको सहयोगले थप सहज हुने कुरा बताए ।

नेपाल बिद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस कमिटीका सभापति गौरव बरालले स्वागत मन्तव्य व्यक्त गर्दै नेविसंघ केवल नेपाली कांग्रेशको बिद्यार्थी संघ मात्रै नभई बिद्यार्थी, समाज अनी मुलुकको बृहत्तर हित र बिकासको निम्ति लागी पर्ने बिद्यार्थी संगठन हो साथै शिक्षा संगै साथै अबको बिद्यार्थी आन्दोलन केवल हुल दंगा मात्र नभई शैक्षिक, सामाजिक र आर्थिक क्रान्ति संग जोड़नु पर्ने हूँछ जसले सबैको भलो हुने गर्छ त्यसैले नै रक्तदान कार्यक्रमको आयोजना गरी एक पुण्यको काम गर्न सफल भएको बताए ।

कार्यक्रममा कुल १०६ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा क़रीब १५० जनाको उपस्थितिको रहेको थियो । कार्यक्रममा लायन्स क्लबका बिभिन्न तहका व्यक्तिहरू साथै नेविसंघका ज़िल्ला नेता, क्याम्पस कमिटीका पदाधिकारीहरू सहित बिभिन्न बिद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

२०७८ भाद्र १३, आईतवार प्रकाशित 0 Minutes 544 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार