२०८२ जेष्ठ ५ सोमबार

बुद्ध एयरले एकैपटक चार गन्तव्यबाट सुरु गर्‍यो पोखरा विमानस्थलमा रात्रिकालीन उडान

निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ। बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा, भद्रपुर विमानस्थलबाट एक, भैरहवा विमानस्थलबाट एक र नेपालगञ्ज विमानस्थलबाट एक उडान गरेको हो।
एयरका अनुसार भद्रपुरबाट राति पोखरा आएको जहाज विमान भद्रपुर फर्कने छ। यसैगरी नेपालगञ्ज र भैरहवाबाट राति आएको जहाज पनि बिहान सोही गन्तव्यमा फर्कने छ भने काठमाडौंबाट गएको जहाज काठमाडौं फर्कनेछ।

बुद्ध एयरले काठमाडौंलाई वेस बनाएर माउन्टेन, भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमरा, राजविराज, जनकपुर, भरतपुर, भैरहवा, सुर्खेत, नेपालगञ्ज र पोखरामा उडान गरिरहेको छ। बुद्ध एयरसँग सबै एटीआर जहाज छन्।

२०७९ फाल्गुन २७, शनिबार प्रकाशित 0 Minutes 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार