काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । आईलिगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।
किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो । च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग आईएसएलमा बढुवा भएको छ ।
पञ्जाबले सन् २०१७/१८ पछि पहिलो पटक उपाधि जितेको हो । अघिल्लो वर्ष गोकुलम केरलाले उपाधि जितेको थियो । आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।