२०८१ फाल्गुन ६ मंगलवार

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्ष-२०८० बिशेष कार्यक्रम गर्ने ।

सिडनी, अष्ट्रेलिया ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्ष २०८० बिशेष कार्यक्रम गर्ने ।

नेपाल रूपन्देही घर भई अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरू को छाता संगठन रूपन्देहि सामाजिक संजाल अष्ट्रेलिया (RSNA) ले आउदै गरेको नेपाली नयाँ वर्ष २०८० को अवसरमा शुभ-कामना आदानप्रदान, किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १५ तारिखक शनिवारका दिन दिउँसो १२.०० वजे देखि ४.०० बजे सम्म Tempe recreational reserve ( airport side from princess highway ) मा कार्यक्रम हुने भएको छ।

विभिन्न व्यवसायिक निकाय हरु संग सहकार्य गरी कार्यक्रमहरु गर्दै आइरहेको छ जसमा क्रमश: यूनिक होम्स न्यू साउथ वेल्स, भि.डि.ए. फाइनान्स एण्ड क्यापिटल सिडनी, चन्द्रकोट ज्वेलर्स, रकडेल , आइकोनिक एजुकेशन एण्ड माइग्रेरसन, किङसफड इन्टरनेशनल इच्चियूट, जय हो हेयर एण्ड ब्युटि, रकडेल, एभरेष्ट तन्दुरी फङ्क्शन सेन्टर, रकडेल लगायतका बिभिन्न संघ संस्थाले कार्यक्रम सम्पन्न गर्नका लागि हाते माले समेत गरेका छन् ।

कार्यक्रममा रुपन्देहि बाट अष्ट्रेलियामा आई अध्ययन, व्यवसाय तथा रोजगारीको सिल सिलामा अब्ट्रेलियामा बसोवास गरी रहेका व्यक्तित्वहरु र सुमदायमा काम गर्ने विभिन्न संघ-संस्थाका लिडर प्रतिनिधि, वालबालिका तथा अमिभावक को उपस्थिति रहने संस्थाका कला, संस्कृति तथा साहित्यिक बिभाग सब-कोडिनेटर एवं कार्यक्रम संयोजक प्रदिप खनालले जानकारी गराए। रुपन्देहि घर भई हामी बिभिन्न पेशा, व्यवसाय अध्ययनको कारणले हामीहरु छरीएका थियौ तर संजालले रुपन्देहि बासि लाई अझ प्रगाढ भाइचारा र आत्मीयता वृद्धि गरी एकआपस विच सु-सम्बध कायम गरी मातृत्व को वोध गराएको छ।

जन्म भुमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाज छ भन्ने हेतुले बिभिन्न समुदायका मानिस र संस्थाहरू संग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागीपरेको संजालका अध्यक्ष मुक्ति राम पोख्रेलले बिश्वपाटीललाई बताए 
सन २०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक-सामाग्री, न्यानो-कपडा वितरण, मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम, महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम , नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग जस्ता बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

आगामि दिनमा समेत स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यस प्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत संजालका अध्यक्ष पोखरेलले जानकारी दिए ।

२०७९ चैत्र १३, सोमबार प्रकाशित 1 Minute 540 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।