२०८१ फाल्गुन ७ बुधबार

कसरी भयो समाजसेवी गिभिना मगरको लाखौँ फलोअर्स भएको टिकटक एकाउन्ट बन्द ?

चितवन स्थित भरतपुर क्यान्सर हस्पिटलमा एक बिरामिको चेक अप गर्ने समय २ बजे थिएछ तर नर्सहरु पनी धेरै व्यस्त भएर ४ बजे सम्म पनी बिरामिलाई हेरिएन रहेछ । बिरामिको साथमा हुने शिक्षिका एवम् सामाजिक सेवामा तल्लिन एक महिला गिभिना मगर हुनुहुदो रहेछ । बिरामीको साथमा हुनेले आफ्नो बिरामी समयमा नै चेक अप नगरिदा अवस्यपनी आवेग उत्पन्न हुन्छ नै! नर्सहरु पनी कोरोना कालदेखी लिएर अन्य सपयमा पनी फ्रन्ट लाईनर्स भएर अहोरात्र बिरामिको सेवामा तल्लिन हुनुहुन्छ । आवेगमा भिडियो खिचियो अरे, अप्लोड भयो नै अरे! अब यसलाई गिजोलेर सामाजिक काम गर्ने र अहोरात्र सेवामा तल्लिन हुने नर्सहरुको बारेमा नकरात्मकता फैलाउनु गलत छ ।

भिडियो हेर्दा, भिडियो लिने र आएको बिरामी अनी उनका कुरुवालाई गरिने व्यवहार अलिक नराम्रो नै तवरको देखिन्छ । सामाजिक संजालमा कसैले नर्सहरु खराब भनेका छन्। कसैले सामाजिक सेवामा तल्लिन रहने गिभिना खराब भन्दैछन्। यहाँ दुबै पक्षको गलत भएको छ , आपसी समझदारीमा मिल्ने हो! सामाजिक संजालमा उचाल्नेहरुले न नर्सहरुको पिडा बुझेका छन्, न त कुरुवाको नै! म त भन्छु यस्ता विषयलाई पक्ष विपक्ष बनाएर हैन समझदारीमा आएर समस्याको समाधान गर्नुपर्ने हुन्छ

हामिलाई शिक्षिका, सामाजिक काम गर्ने अटल मन र अहोरात्र बिरामीको सेवामा खटिने परिचारीकाहरु दुबै आवश्यक पर्छन्। यो विषयलाई गिजोलेर एउटा सामाजिक काम गर्दै आएकी गिभिनाको लगभग १४ लाख फलोअर्स भएको टिकटक नै बन्द गर्ने अवस्था सम्म पुर्याउनु दुखद् हो अनी परिचारिकाहरुलाई गाली गलौज गर्नु पनी गलत हो । मिलेर दुबै पक्ष आउनपर्छ र पुन: पाठ सिक्दै आ- आफ्नो सत्कर्ममा फर्कनु पर्दछ । हामि चाहदैनौं एक सामाजिक काम गर्ने जेल जाउन् त्यस्तै बिरामीको सेवामा खटिने जेल जाउन् भनी! बस मिलेको देख्न पाउँ!

२०८० जेष्ठ ८, सोमबार प्रकाशित 1 Minute 734 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।