२०८१ चैत्र ८ शुक्रबार

भारत रेल दुर्घटना : मृत्यु हुनेको संख्या २ सय ३३ पुग्यो !!

काठमाडौँ । भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । यस्तै ९ सय जना जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका थिए । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै गम्भीर घाइते भएकाहरूलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् ।

दुर्घटनामा घाइते भएका १ सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

२०८० जेष्ठ २०, शनिबार प्रकाशित 0 Minutes 604 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार