जिल्ला समन्वय समितिको गाडी स्याङ्जाको अर्जुनचौपारिमा दुर्घटना १ को मृत्यु
जेठ,२४,बुधबार
स्याङ्जाको शिरुवारीबाट अर्जुनचौपारि हुदै स्याङ्जा फर्कँदै गरेको बा.१ झ.५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी अर्जुनचौपारी- ३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको छ दुर्घटनामा सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको छ। भने LDO राजेन्द्र प्रसाद पौडेलको खुट्टा भाचिएको छ भने अरु २ जना अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते हुनुभएको अर्जुनचौपारि प्रहरी प्रमुख ख्याम बहादुर क्षेत्रि ले बताउनुभएको छ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ।