
सिडनी,
एनआरएनए अष्ट्रेलियामा प्रजातान्त्रिक समूहबाट डिला खरेल आधिकारिक उम्मेदवार ।
एन आर एन ए अष्ट्रेलियाको आउदो निर्वाचनको लागी यति बेला बिभिन्न समूह, व्यक्तिद्वारा आफ्नो उम्मीदवारी घोषणा सामाजिक संजाल, प्रत्यक्ष कार्यक्रम बीच गर्दै आएका छन । यति बेला अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरूको सामाजिक संजाल प्रचार सामग्रीले भरीपूर्ण रहेको छ ।
यो संगै बिगत लामो समय देखी एनआरएनए को सामाजिक आन्दोलनमा काम गर्दै आएका दिला खरेलले समेत उम्मेदवारी दिएका छन । उनले सन् २००६ देखी अनवरत एन आर एन मा आबद्ध हुदै आएका छन । यस अघी उनी संस्था लाई ASIC मा दर्ता गरी फेडरल इंटिटी को निर्माण गर्ने प्रमुख व्यक्तिको रूपमा स्थापित छन । अन्तराष्ट्रिय नेपाली विद्यार्थी हरुका लागी विद्यार्थी सहयोगी पुस्तिका प्रकाशन गर्ने काम गरीसकेका छन । त्यस्तै युवा हरु का लागी रचनात्मक सहयोग ( रोजगारीका लागी, व्यक्तित्व विकास का लागी बिभीन्न तालिम,सेमिनार, प्रशिक्षण आयोजना) गरी निरन्तर त्यस क्षेत्रमा काम गरेको छन । स्थापित एवं नव व्यवसायी हरु का लागी उद्यमी सम्मेलन को शुरूवात गरी काम गरेको बताऊछन । संगै पर्यटन प्रवद्धन का लागी अस्ट्रेलिया का हरेक शहर हरुमा नेपाली झण्डा फहराउने काम को शुरूवात समेत गरेका थिए । अष्ट्रेलियामा नेपालीहरूको पर्वको रुपमा लीने नेपाल फेस्टीभलका बेला नेपाल हाउस प्रदर्शनी केन्द्र मार्फत नेपाली मौलिक भाषा, संस्कृति, कला, भेष भूषाको सफल प्रदर्शनी को प्रारम्भ सन् २०१२ मा सिडनी नेपाल फेस्टीभल वाट गरिएको थियो । FDI Invetment Company – NRNA AUSTRALIA HYDRO मार्फत नेपालमा Hydro Electricity मा लगानी को काम को सहजकर्ता रूपमा समेत आफुलाई स्थापित गरिसकेका छन । यस्तै एन आर एन का विविध कार्यक्रम र अभियान हरुको सहयोगी, सहजकर्ता एवं रेगुलर स्पोन्सर, एन आर एन ए आई. सी. सी. को ट्रेड इनभेस्टमेण्ट, उद्यमशीलता कमिटी तथा टास्कफोर्स मा उपसंयोजक का रूपमा निरन्तर काम गरी रहेको समेत छन ।
यस्तै जब देश दुःख्छ त्यति बेला यीनि अग्रमोर्चामा उभीने गरेका छन । नेपाली भूमी लिपुलेक मिचीएको बारेको एन आर एन ए आई. सी. सी. को अनलाईन पेटीसन Claiming Nepal Lands Back at Lipulek, Campaign को Coordinator & Moderator भई काम गरेको ।
यो संगै उनले धेरै सामाजिक कार्यहरू अनी व्यावहारिक कार्यहरूमा आफुलाई अब्बल साबित गरीसकेका छन । उनको यही क्षमताका कारण उनलाई अष्ट्रेलियामा रहेको बृहत प्रजातान्त्रिक समूहले आधिकारिक उमेदवारको रुपमा उनलाई अगाड़ी सारेको छ ।
उनको उम्मेदवारी बारे जनसम्पर्क समिति अस्ट्रेलिया का सभापति शुरेश रन सिंह गुरुंगले बिश्वपाटीलाई बताए ।
एनआरएनए अष्ट्रेलियाको चुनाव यही आऊदो जूलाई २९ गतेका दिन हुनगईरहेको छ ।