२०८१ माघ १ मंगलवार

होबार्टमा पशुपति र समीक्षा सहित क्रुज तिज साँझ हुने ।

होबार्टमा पशुपति शर्मा र समीक्षा सहित तिज साँझ कार्यक्रम हुने भएको छ ।

 

सिडनी, अष्ट्रेलिया । अष्ट्रेलियाको तास्मानिया राज्य होबार्टमा यही आऊदो सेप्टम्बर ७ गतेका दिन साँझ ६ देखी १० बजे सम्म नेपालका चर्चित लोकप्रिय गायक पशुपति शर्मा र उदाऊदो गायिका समीक्षा अधिकारी सहित हिन्दू नेपालीहरू को महान पर्व तीजको अवसरमा क्रुज तीज साँझ कार्यक्रम हुने भएको छ । कार्यक्रम क्रुज अर्थात पानीजहाजमा आयोजना हुने बताईएको छ ।

तास्मानिया राज्यमा अवस्थित होबार्ट शहरको सालामानका बाट उक्त पानी जहाज सुरु हुने र करीब ४ घण्टा सम्म जहाजमा कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाली लोक संगीत क्षेत्रमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा मुख्य आकर्षणको रूपमा रहने छन भने गायिका समीक्षा अधिकारी समेत उक्त कार्यक्रममा उपस्थिति रहने छ । यो संगै तास्मानियामा चर्चित डीजे “डीजे बिक्की” ले कार्यक्रममा साथ दिने छन । डीजे बिक्की यो संगै अन्य धेरै कार्यक्रमहरूमा आफ्नो कला सहित डीजे प्रस्तुति गरीसकेका छन । उक्त कार्यक्रममा फोटोग्राफी, डीजे, १ कोष खाना, तीज बिशेष सांगीतिक कार्यक्रम आदि पानी जहाजमा आयोजना हुदैछ ।

कार्यक्रमको मुख्य प्रायोजक लक्ष्मी होम्स रहेको छ भने प्रायोजकहरूमा क्रिश रिमुभल्स र म्याडस क्लिनिंग तथा गार्डेनिंग रहेका छन । होबार्टमामा आयोजना हुन लागेको उक्त कार्यक्रम स्थानीय युवा समाजसेवीहरूको पहलमा हुन लागेको हो जसमा बिक्की चित्रकार, रबीन अर्याल, पुष्पराज आचार्य र गोबिन्द गरी संयुक्त रुपमा आयोजना गर्न लागीएको र यसलाइ बिजीपिआर इभेंट्स मार्फत कार्यक्रम आयोजनामा हुन लागेको हो ।

अघिल्लों वर्ष सामाजिक संस्था ओएनएफ तास्मानिया राज्य कमिटीले तीज बिशेष कार्यक्रम आयोजना गरीएको थियो । यसै गरी क्रुजमा कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रमलाई सफल बनाऊन बिभिन्न संघ संस्था, व्यक्तिहरूको साथ र सहयोग रहने समेत बताईएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क ७५ डलर रहेको छ । कार्यक्रममा टिकटको निम्ति बिक्की, रबीन, पुष्पराज र गोबिन्द संग सम्पर्क गर्न सकीने छ ।

कार्यक्रममा सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाईहरूमा उपस्थितिको निम्ति आयोजकहरू बाट आह्वान समेत गरीएको कुरा रबिन अर्यालले बिश्वपाटीलाई बताए ।

२०८० श्रावण २३, मंगलवार प्रकाशित 1 Minute 477 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।