२०८१ फाल्गुन ७ बुधबार

२ केजी सुन सहित रसुवामा २ जना पक्राउ ।

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा रहेको रसुवा प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।पैदल आइरहेका सुदीपलाई खानतलासी गर्ने क्रममा उनको साथबाट सुनका दुईवटा बिस्कुट फेला परेको उनको भनाइ छ ।

बुढाथोकीका अनुसार सुदीपले आफूलाई उक्त सुन टिमुरे बस्दै आएका फुरसाङ्गुले दिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो ।

सुन चीनबाट नेपाल भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ ।

२०८० भाद्र ३, आईतवार प्रकाशित 1 Minute 713 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।