विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले जनता समाजवादी पार्टी (जसपा)का मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवमाथि दुव्र्यवहार गरेका छन् । घटनापछि जसपा मोरङले विराटनगर महानगरपालिकाविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
पार्टीको जिल्ला कार्यसमिति तथा भ्रातृसंगठनहरूको बैठकले विराटनगर महानगरका प्रहरीद्वारा भएको दुव्यर्वहार वरुद्ध विरोध प्रदर्शन, महानगर घेराउ र जनप्रतिनिधिलाई चेतावनी दिने कार्यक्रम तय गरेको बताइएको ।
बिहीबार बसेको बैठकबाट भ्रातृ संगठनहरूले शुक्रबार महानगर कार्यालय घेराउ गर्ने र नगर प्रहरीका इञ्चार्जसहित घटनामा संलग्नलाई बर्खास्त नगरुन्जेल आन्दोलन जारी रहने बताइएको छ ।