२०८१ माघ १३ आईतवार

इजरायल ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने, मंगलबार राष्ट्रिय शोक !!

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

२०८० आश्विन २२, सोमबार प्रकाशित 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।