प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी द्वारा ज्यान गुमाएका नेपाली बिध्यार्थीका परिवारलाई १० लाख आर्थिक सहयोगको घोषणा ।
सिडनी, अष्ट्रेलिया । नेकपा एमालेको प्रवास संगठन, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीद्वारा मृतकप्रति १० लाख आर्थिक सहयोग । इजरायलमा जारी युद्ध मा ज्यान गुमाएका १० नेपाली बिध्यार्थीहरु लाई प्रति परिवार १ लाख रुपैयाको दरले जम्मा १० लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ । मञ्चको सचिवालय बैठक मार्फत उक्त आर्थिक सहयोग गर्ने निर्णय गरीएको थियो ।
यस अघी पनी बिज्ञप्ति जारी गर्दै नेपाल सरकार समक्ष मञ्चले त्यहा रहेका नेपाली बिध्यार्थी र बिभिन्न रुपमा पुगेका नेपालीहरूको उद्धारका निम्ति थप पहल गरेका थिए ।
कमिटीका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत प्रेस वक्तव्य जारी गरेका थिए ।
अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष एवं अष्ट्रेलियाका पूर्व अध्यक्ष रमेश पाण्डेले उक्त घटना बाट प्रवासी नेपाली अन्तराष्ट्रिय मञ्च देश र परिवारमा भएको अपूरणीय क्षतिलाई व्यहोर्न नसकीएता पनी केही मलम लगाउने प्रयत्न गरेको साथै मृतकहरू प्रति भावपूर्ण श्रद्धांजलि अर्पण सहित शोकाकुल परिवार प्रति धैर्यघारण गर्ने शक्ति मिलोसको कामना समेत व्यक्त गर्दै नेपाल सरकार समक्ष उद्धारको निम्ति थप पहल रहेको बिश्वपाटीलाई बताए ।