२०८१ माघ २७ आईतवार

पोखरा पुम्दिकोट जाने बाटो मा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर !!

पोखरा, १२ कात्तिक/ पोखरा २२ पुम्दीभुम्दी तर्फ जादै गरेको नगरबस दुर्घटना भएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ पुम्दीभुम्दी तर्फ जाँदै गरेको बस घैयाखेतमा दुर्घटना भएको हो ।

बसमा सवार ३० जना यात्रु मध्य ११ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भएको छ ।

पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलागि ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

पोखरा यातायात प्रालिको बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म जादै थियो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।

२०८० कार्तिक १२, आईतवार प्रकाशित 0 Minutes 500 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।