२०८२ बैशाख १५ सोमबार

अन्तर्राष्ट्रिय पोखरा विमानस्थलमा अख्तियारको छापा !!

पोखरा, १३ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर निमार्ण चरणका कागजहरु र लेखाका कागजहरु अनुसन्धान गरेको हो ।

आयोगको टोलीले घटस्थापना अघि छापा मारिरेको थियो । गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटा भन्दा बढि उजुरी अख्तियारमा परेरे पछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले विमानस्थलको निमार्ण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ । अख्तियार आयोजनामा बेनामे उजुरी परेपछि अख्तियारको टोली पोखरा आएको थियो । वर्षा याममा विभिन्न भवनमा पानी चुहिएपछि मर्म समेत भएको थियो ।

विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गरे । अख्तियारले यहाँबाट फाइल भने नलगेको उनले बताए । उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको उनले दाबी गरे ।

विमानस्थल अंग्रेजी नयाँ वर्षदेखि उदघाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौता अनुसारको सबै काम सकिएको छैन ।

२०८० कार्तिक १२, आईतवार प्रकाशित 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार