२०८० फाल्गुन १४ सोमबार

माधव नेपाललाई फेरी अर्को झड्का,केन्द्रीय सल्लाहकार गुरुङ सहित ८४ जना एमालेमा प्रवेश !!

पोखरा,१३ कात्तिक । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छाड्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा नेकपा एसका  केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएको छ।

एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

 

२०८० कार्तिक १३, सोमबार प्रकाशित 1 Minute 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार