काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ।
संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह र लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। हुमकला पाण्डेलाई गृह मन्त्रालयबाट बाग्मती प्रदेशमा सरुवा गरिएको छ ।