
पोखरा वडा नम्बर ७ को एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयलाई पोखरा ७ को कार्यालयले खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयको प्राङ्गणमा पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्य , वडा सदस्य अर्जुन थापा र वडा सचिव राजेन्द्र प्रसाद पौडेलले सयुक्त रुपमा विद्यालयका प्र.अ टीका राम लामिछानेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
पौष ४ गते विद्यालयको ५२ औं वार्षिकोत्सब मनाउने तयारीमा यति बेला विद्यालय रङ्गरोगन सहित अन्य तयारी भइ रहेको छ । वार्षिकोत्सबलाई भब्य रुपमा सम्पन्न पार्न वडा कार्यालय संगै साथमा रहने र वडामा रहेका सम्पुर्ण संघ सस्थाहरु तथा वडावासी लाई पनि साथमा रहन वडा अध्यक्ष आचार्यले आग्रह गर्नु भयो ।