२०८१ माघ १३ आईतवार

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ !

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ।

 

२०८० मंसिर १४, बिहीबार प्रकाशित 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।