२०८२ बैशाख १५ सोमबार

बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार – रमेश राज भण्डारी

 

बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार

जर्मनीबाट देसनिकाला गरिएका क्रान्तीकारीहरुले फ्रान्समा लिग अफ दि आउट लज १८३३-१८३६ र लिग अफ दि जस्ट १८३६-१८४० गठन गरेका थिए । बैज्ञानिक बिचार धारामाथी आधारित नभएकोले ति संगठनहरुले प्रभाबकारी काम गर्न सकेको थिएन, तीनमा माक्स र एगेल्सको अगुवाइमा सन १८४६ मा ब्रुसेल्स कम्युनिष्ट लिग पनि गठन भयो । सन १८४७ को जुन महिनामा लन्डनमा यि ३ नै सगंठनको सयुक्त महासभाले ब्रुसेल्स कम्युनिष्ट लिगमा लिग अफ दि आउट लज र लिग अफ दि जस्ट सग सम्बन्धित व्यक्तिलाई समेत समाबेस गरी कम्युनिष्ट लिग गठन गर्यो र “बिस्वका मजदुर हरु एक होउ”भन्ने नारा अगाडी सार्यो ।

अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा उक्त कम्युनिष्ट लिग पहिलो ब्यबस्थित सगंठन मानिन्छ । सोही लन्डन महासभाले दिएको जिम्मा अनुसार माक्स र एगेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र तयार गरी १८४८ को फ्रेब्रुअरीमा प्रकासित गरे । घोषणा पत्र प्रकासनको लगतै युरोपमा पुजिपती बिरुद्द मजदुरहरुको टुला ठुला आन्दोलन भए फ्रान्समा कामदार बर्गले सुरु गरेको आन्दोलन ले १८४८ मे १५ मा पुजिपती बर्गको सत्ता पल्टाउने काममा सफलता पायो त्यो सरकार ब्याबस्थित सगंठनको अभाबमा ढल्न पुगयो । ३ हजार जती मजदुर को हत्या र हजारौ मजदुर को गिरफ्तारी पछी त्यो पुन अघी बढन सकेन फलत : फ्रान्स लगायत युरोप का अन्य मुलुक हरुमा भएको दमन ले सन १८५२ सम्म मा आइपुग्दा कम्युनिष्ट लिग बिघटन भइ सकेको थियो । उक्त घटनाबाट पाठ सिक्दै तथा मजदुर बर्गको अन्तराष्ट्रिय सघं सगंठन हुनु पर्ने आबस्यकता महसुस गरी सन १८६४ मा फ्रान्स र बेलायतका मजदुरहरुको सकृयता तथा माक्स र एगेल्सको सग्लनतामा अन्तराष्ट्रिय मेहनत जनताकाे सघं ( Internation Woरking Men’s Association ) गठन भयो १६ बर्ष पहिले “बिस्वको मजदुर एक हौ ” भनि अघी सारेको नारालाई पुर्नजिबन दियो । यही सगंठनलाई” प्रथम अन्तराष्ट्रिय” भनिन्छ ।

यसैको नेतृत्वमा नेपोलियन तृतिय र नेपोलियन कै ४ हजार ससत्र बिद्रोही सेनाको नेतृत्वमा पेरिसमा मजदुर बर्गको क्रन्तिकारी सरकार ” पेरिस कम्युन्” १९७१ मार्च १८ मा स्थापना भयो आफैभित्र रहेका बिभिन्न कमजोरीहरु तथा युरोपका पुजिपती बर्ग को सयुक्त हमलाका कारण ७२ दिन भन्दा बढी पेरिस कम्युन तिक्न सकेन २८ मे १८७१ मा त्यस्को हार भयो । मजदुर आन्दोलन माथीको ब्यापक दमन र ” प्रथम अन्तराष्ट्रिय ” भित्रको आन्तरिक बिबाद र फुटका कारण त्यस्लाई बिघटन गरिनु पर्ने माग उठन थाल्यो फलत : १९७६ को फिलाडेल्फियामा सम्पन्न छैट महाधिबेसन ले प्रथम इन्टरनेसनल जनरल काउन्सिल को बिधिबत रुपमा बिघटन गर्यो ।
त्यस्को केहि बर्ष पछी १४ मार्च १८८३ का दिन कार्ल माक्स को पनि निधन भयो । सन १८८० को दसक को आखिरिसम्मा बिस्व मजदुर आन्दोलन ले चर्को रुप लिन थालो र कतिपय मुलुक मा मजदुर बर्गका राजनितिक पार्टीहरु स्थापना हुन थाले ।
जर्मनीमा सन १८६९ मा सोसल द्यामोपार्टी स्थापना भइ सकेको थियो भने अमेरिका मा १८७६ मा फ्रान्स मा १८७९ मा स्पेन, अस्ट्रिया स्विडेन र स्विजर्लेन्ड मा सन १८८९ को एकै बर्ष मा सोसोल ड्यामोक्र्याटिक पार्टीहरु स्थापना भएका थिए । बिस्वमा आएको यो परिवर्तनले मजदुरा बर्गलाई अर्को अन्तराष्ट्रिय सगंठन निर्मान गर्नु पर्ने बोध गरायो र सन १८८९ मै दोस्रो अन्तराष्ट्रिय समाजबादी सगंठनको गठन भयो । बिस्वका २० मुलुक का ३९१ प्रती निधीहरुको सहभागितामा एगेल्सको नेतृत्वमा सम्पन्न भयो र एउटा अधिबेसन द्वारा उक्त “दोस्रो अन्त राष्ट्रिय ” को गठन गरिएको थियो ।

त्यस्को केहि बर्ष मै १९८५ को अगस्ट ५ तारिका मा बिस्वकम्युनिष्ट आन्दोलन का अग्रज नेता एगेल्स को पनि निधन भयो । त्यसपछी बिभिन्न मुलुकका उथलपुथल साम्राज्य बाद्को होडमा १९१४ जनवररि १ देखी सुरु भएर १९१८ मा टुंगिएको प्रथम बिस्व युद्द सोही अबधिमा रुस मा जारसाहिको अन्त र बिभिन्न असफल क्रान्ती हरुबाट सिक्क्षा लिदै २५ अक्टोबर १९१७ मा सपन्न रुसी समाजबादी क्रान्तिको सफलता ले बिस्व को कम्युनिष्ट सगंठन बिचमा एउटा नया हलचल ल्याइ दियो ।
अन्तराष्ट्रिय आन्दोलनमा लेनिन बादी सघठान्त्मक पद्दति र साम्राज्यबाद बिरोधी आन्दोलन मा सर्बहारा बर्गको भूमिका जस्ता नितान्त नौला आयाम हरु थप्दै रुसी क्रान्ती लाई सफलताको सिखरमा पुर्याउने काम रुसी कम्युनिष्ट नेता भ्लादिमिर इलिची लेनिन १८७०-१९२४ द्वारा सम्पन्न गरियो । तत्कालिन बिस्व परिस्थिति तथा मुलुकको अवस्थाअनुसार कार्ल माक्स बाद को सिर्जनात्मक प्रयोग गर्ने क्रम मा लेनिनले ” साम्राज्यबाद भनेको पुजिबाद को सर्बोच अवस्था हो” भन्ने नयाँ बिस्लेषण अघी सारे । उनले साम्राज्यबादी युगमा पुजिबादिअर्थतन्त्र र राजनीतिकमा अन्तर्निहित विभिन्न विभिन्न कुराहरुको बिस्लेसण गर्दै एउटा मात्र देसमा पनि समाज बादी क्रान्ति को सम्भब छ भन्ने नयाँ धारणा अघि सारे उनले आर्थिक राजनितिक रणनितिक कार्यनीतिक संगठात्मक सिदान्त जस्ता पक्क्ष मा थप बिस्लेस गर्दै माक्सबाद लाई कार्यान्ययन गर्ने बाटो प्रस्ट पारिदिएका छन् I लेनिन कै समयमा रुस को तत्कालिन सामाजिक जनबादी मजदुर पार्टी को नाम परिबर्तन गरी कम्युनिष्ट पार्टी राखिएको थियो I अक्टोबर क्रान्ति को सफलता ले दिएको उत्त्साहा र विस्वका विभिन्न मुलुकहरुमा एक पछि अर्को कम्युनिष्ट पार्टी हरु गठन हुदै गए त्यसैले कम्युनिष्ट पार्टी हरुलाई समेट्न “तेस्रो अन्तरास्ट्रिय ” गठन गर्नुपर्ने आबस्यकता महसुस भइ मस्को मा २ मार्च १९१९ देखि सुरू भएको बिस्वभर का कम्युनिष्ट हरुको सम्मेलन ले ४ मार्च का दिन तेस्रो अन्तरास्ट्रिय कम्युनिष्ट को गठन गर्यो ।

यहि क्रम मा विभिन्न देस हरुमा कम्युनिष्ट पार्टी हरु धमाधम जन्मन थाले भने एसिया को कम्युनिष्ट हरुले माक्सबाद लेनिनबादलाई राष्ट्रिय स्वाधिनता को संग्राम मा पनि प्रयोग गरे ।
एसियामा चिनमा १९२१ मा कम्युनिष्ट पार्टी को स्थापना भयो भारत मा १९२५ मा कम्युनिष्ट पार्टी को स्थापना भयो १९२० मा मंगोलियन पिपुल्स रिभुलेसन पार्टी र इन्डोनेसियन कम्युनिष्ट पार्टी १९२

यहि क्रम मा विभिन्न देस हरुमा कम्युनिष्ट पार्टी हरु धमाधम जन्मन थाले भने एसिया को कम्युनिष्ट हरुले माक्सबाद लेनिनबादलाई राष्ट्रिय स्वाधिनता को संग्राम मा पनि प्रयोग गरे ।
एसियामा चिनमा १९२१ मा कम्युनिष्ट पार्टी को स्थापना भयो भारत मा १९२५ मा कम्युनिष्ट पार्टी को स्थापना भयो १९२० मा मंगोलियन पिपुल्स रिभुलेसन पार्टी र इन्डोनेसियन कम्युनिष्ट पार्टी १९२२ मा जापान कम्युनिष्ट पार्टी २९२५ मा कोरियन वकर्स कम्युनिष्ट पार्टी १९३० मा भितानामिज कम्युनिष्ट वकर्स पार्टी तथा फिलिपिन कम्युनिष्ट पार्टी १९३१ मा मलेसियन कम्युनिष्ट पार्टी श्रीलंका मा १९४० सिलोन कम्युनिष्ट पार्टी १९४३ बर्मिज कम्युनिष्ट पार्टी १९४५ मा कम्बोडियन कम्युनिष्ट पार्टी र १९४९ मा नेपाल कम्युनिष्ट पार्टी को स्थापना भएको हो ।

प्रथम बिस्व युद्द पछी मंगोलिया १९२४ को जन्म भयो भने दोस्रो बिस्वयुद्द पछी पुर्बी युरोप र एसियामा धमाधम कम्युनिष्ट सत्ता स्थापना हुनथाले युरोप को रोमानिया, चेकेस्लोभाकिया , युगोस्लाभिया , पोल्याण्ड , हंगेरी , बुल्गेरिया , अल्बानिया , पुर्बी जर्मनी आदि देसहरु ले सोभियत संघ को भौतिक तथा बैचारिक लगायत को सहयोगमा क्रान्ती सम्पन्न गरे दोस्रो बिस्वयुद्द पछी नै भियतनाममा हो ची मिन्ह को नेतृत्व मा १९४५ उत्तर कोरिया मा किम इल सुङ् को नेतृत्व मा १९४५ मा तथा चिन मा माओ त्सेतुङ् को नेतृत्व मा १९४९ मा राज्यसत्ता कम्युनिष्ट को कब्जा मा आउन सके पूर्वको एउटा ठुलो अर्ध सामन्ति अर्ध उपनिबेस मुलुकमा माक्सबाद लेनिनबाद लाई ब्याबहारमा उतार्ने काम चिनिया कम्युनिष्ट पार्टी ले एसियाको क्रान्तिकारी कम्युनिष्ट पार्टी हरु लाई उत्साहित बनायो कृसीमा आधारीत पछि परेको मुलुकलाई माक्सबाद लेनिनबाद लाई कसरी प्रयोग गर्ने सम्बन्धमा माओ त्से तुङ् ले “नौलो जनवादी क्रान्ति ” प्रतिपादन गरे माक्स्बाद लेनिनबाद ब्याबहारिक बनाउदै जादा चिनिया कम्युनिष्ट पार्टी को सन् १९४५ मा सम्पन्न सातौ महादिबेसन ले “माओ त्से तुङ् विचारधारा ” भनिएको छ ।
यसरी बिस्वमा चलेको कम्युनिष्ट क्रान्ती र चिनिया क्रान्ति को सफलता पछी एसिया महादेसकै कान्छो रुपमा १९४९ मा कम्युनिष्ट पार्टी भारत को कलकत्ता मा स्थापना भएको हो तर स्थापना वास्तबिक मिति बारे भने सस्थापक हरुको धारणा मिति फरक फरक छन् I सस्थाका महासचिब पुस्पलाल श्रेष्ठ ले १५ सेप्टेम्बर १९४९ ( २००६ साल ) मा पार्टी स्थापाना भएको बताएका छन भने अरु सस्थापक हरु नरबहादुर कर्माचार्य , नारायण विलास जोशी , र निरन्जन बैध ले २२ अप्रिल १९४९ लेनिन जयन्ति को दिन भएको बताएको छन् I २००८ साल को असोज मा सम्पन्न नेकपा को पहिलो सम्मेलन मा १५ सेप्टेम्बर १९४९ नै उल्लेख गरिएको छ । यसरी दक्षिण एसियाको सबैभन्दा कान्छो कम्युनिष्ट पार्टी ले दक्षिण एसियामा नै पहिलो कम्युनिष्ट पार्टी प्रधानमंत्री मनमोहन अधिकारी को नेतृत्व मा नेपाल मा कम्युनिष्ट पार्टी को सरकार बन्यो बिस्व का कम्युनिष्ट हरुको ध्यान सानो देश नेपालका कम्युनिष्ट सरकार मा केन्द्रित भयो तर आफ्नै कमीकमजोरी अस्थिर असक्षम दुर्दर्सि ले नौ महिना मा आफै ढल्न पुग्यो जुन नेपाल कम्युनिष्ट आन्दोलन र पार्टीलाई ठुलो चोट पर्यो ।

२०८० मंसिर १४, बिहीबार प्रकाशित 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार