२०८० चैत्र १६ शुक्रबार

कुइन्सल्यांड टाउन्सभिल नेपाली समुदायको तीज कार्यक्रम सम्पन्न, अध्यक्षमा प्रेम शाही सर्वसम्मत ।

अस्ट्रेलियाको कुइन्सल्यांड राज्यमा अवस्थित टाउन्सभिल नेपाली समुदायले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । साथै नेपाली समुदाय अर्थात् टाउन्सभिल नेपलिज कम्यूनिटीको अध्यक्षमा प्रेम शाही ठकुरि सर्वसम्मत भएका छन ।
कुइन्सल्यांड राज्य टाउन्सभिलमा रहेका नेपालीहरुको समुदाय बिच भाईचाराको सम्बंध, एकापसि चिनजान अनी सहयोग आदान प्रदान र चाडपर्वमा भेटघाट संग़ै सामाजिक कामका लागी स्थापना गरीएको संस्थाले सधै झै यसपालि पनी तीजको अवसर मा दर खाने कार्यक्रम सम्पन्न गरेंको छ ।
कार्यक्रम मार्फ़त नया नेतृत्व चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन गरीएको नेतृत्वको अध्यक्षमा प्रेम प्रकाश शाही, उपाध्यक्ष मा नेहा न्यौपाने, सचिवमा दिकिता तुलाधर, कोषाध्यक्षमा गणेश क्षेत्री र सदस्यहरूमा दुर्लभ दुवाडी, दीपिन निरौला र प्रदीप ग़ैरे गरी २० सदस्यीय समिति रहेको छ। उनिहरुलाई संस्थाका निवर्तमान अध्यक्ष जीवन गिरी द्वारा नेतृत्व हस्तान्तरण गरीएको थियो । यस्तै सल्लाहकारमा जीवन गिरी, मनीषा अधिकारी, सदीक्षा सुबेदी, बिमल रेग्मी, सरोज अधिकारी, दिग्गज अधिकारी, गोविन्द पाण्डे र सुमन श्रेस्ठ रहेका छन । नया नेतृत्वको कार्यकाल दुई वर्षको रहेको छ ।
कार्यक्रममा क़रीब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम आलिसान रेस्टुरेण्टमा सम्पन्न भएको थियो ।

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित 0 Minutes 1165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार