२०८१ माघ १ मंगलवार

राष्ट्रिय युवा संघ लाहाचोकको तिज विशेष एकल नृत्य प्रतियोगिताको उपाधी साहिलाइ

पाेखरा । राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रम गर्ने सम्पन्न गरेकाे छ ।

महिलाहरूको माहान चार्ड हरितालीका तिजको अवसरमा अयोजना गरिएको उक्त प्रतियोगितामा सुरक्षा साहिले उत्कृष्ट नृत्य प्रस्तुत् गर्दै प्रथम स्थान हासिल गर्नुभएकाे थियाे भने जुनु उचाइ दोस्रो, शुवान्सी मल्ल तेस्राे स्नेहा र शर्मा चैथो स्थान हासिल गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय डा पुस्पा के सि भण्डारीले अब स्वस्थानिको किताब सग सगै महिला हितको लागि कानुनका किताब पढ्नुपर्ने बेला आएको र चरी जेलैमा हुन बाट बन्चित हुनु पर्ने बताउनुभयाे ।

बिशेष अतिथी गाउपालिका उपाध्यक्ष कृष्ण कुमारी डवाडिले सम्पुर्ण महिला सहयोगमा नै देश बिकासले गति लिएको र महिलाले अबसर पाएका कुरामा जसरी आमाले बच्चा हुर्काउन सफल हुन्छन त्यसरि नै कर्तव्य पूरा गर्न महिलाहरू सक्षम हुने बताउनुभएकाे थियाे ।

कार्यक्रम उत्कृष्ट नृत्य साहासी तिन बर्से बालिका सम्पदा जिसिलाइ पुरस्कृत गरिएको थियो भने टाढा बाट माइती आउने ममता कार्की र शुसिला बास्तोला, लामो कपाल हुने महिला माया क्षेत्री, सालिन प्रतिभाशाली महिला ॠतु श्रेष्ठ, लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सद्स्य बिष्णु सुवेदी भण्डारी ले सम्पुर्ण क्षेत्रमा बिकास पुर्याउने पार्टी एमाले नै रहेकाे जानकारी गराउँदै, चाड पर्व रितिरिवाज धर्मसंकृतीको जगेर्ना सहित युवाहरूको प्रतिभा उजागर गर्न युवा संघले खेलेको भुमिकाको उच्च प्रसम्सा गर्नु भएकाे थियाे ।

त्यसैगरी, युवा संघ केन्द्रीय सदस्य सुजा गुरुङले जनताको हितको लागि काम गर्ने, राष्ट्रिय गैरबलाइ सधैं उच्च स्थानमा राख्ने पार्टी एमाले भएको र एमाले भएर समग्र बिकासमा लाग्न युवा संघमा समाहित भै रास्ट्र प्रति उत्तर दायी बन्न सबै युवाहरूमा अपिल गर्नुभएकाे थियाे । साथै उहाँले, युवा देशको भविष्य भएको हुनले विभिन्न राष्ट्रिय स्तरको राजनितीमा मैलाएको गलत प्रवृति विरूद्ध एकढिक भइ त्यस्ता प्रवृतिलाइ जरैदेखी अन्त्य गर्नका निमित्त् लाग्नुहुन अग्रह सम्पूर्ण युवाहरूलाइ अपिल गर्नुभयो ।

सृजना महतराजको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य हिरा सुनार ले गनुभएको थियो ।

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित 0 Minutes 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।