२०८१ मंसिर २८ शुक्रबार

नेप्लीज गल्फर एसोसिएसन अष्ट्रेलियाको आयोजनामा गल्फ लिग ।

सिडनी । अष्ट्रेलिया । नेप्लीज गल्फर एसोसिएसन अष्ट्रेलियाको आयोजनामा गल्फ लिग ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेप्लीज गल्फर एसोसिएशनले आयोजना गरेको दोस्रो CIHE GOLF LEAGUE 2024 चलिरहेको छ । कुल आठ ओटा गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE रहेको छ। यही एप्रिल 21, 2024 मा भएको लिगको तेस्रो खेलमा बिभिन्न देशका प्रवासीहरु समेत गरेर जम्मा 23 जनाले भाग लिएका थिए। तेस्रो दिनको खेलमा मिलन सेरेष्ठ ३७ point सहित प्रथम भए भने बराबरी अङ्क ( पछाडीको आधा खेलको अङ्क को आधारमा ) सहित दिपक पहारी दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) उसली नवाकटाबु ले जिते भने Longest drive (LD) चाही प्रणब मैनालीले जिते। गोडन स्थिति गोडन गल्फ कल्वमा भएको बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गर्नु भयो।
खेलको पुरस्कार बितरण गर्नु हॅदै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले
बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र यस किसिमका खेलले हामी बिच मात्र नभई अरु देशका खेलाडी सग पनि आफ्नो कला सस्कृति को जानकारी साटा साट गर्न पाउदा अझ बढी फलदाई भएको भन्दै आयोजक लाई बिशेष धन्यवाद दिनु भयो। पुरस्कार बितरण कार्यक्रम मा बिशेष अतिथीको रूपमा नेपालबाट आउनु भएका गल्फर नारायण पहारीले सबैलाई धन्यवाद दिदै पोखरामा रहेको हिमालयन गल्फ कोर्स तथा उपल्लो मुस्ताङ (बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको कोर्स) मा खेल्न सबैलाई निमन्त्रण गर्नु भयो। आयोजकको तर्फबाट सुदिप बास्तोलाले यो लिगको प्रायोजक Crown Institute of Higher Education – CIHE लाई बिसेष धन्यवाद दिदै अबको चौथो खेल May 26th मा Georges River Golf Course , NSW मा हुने जानकारी दिदै कोही ईच्छुकहरुले सम्पूर्ण जानकारी र सम्पर्क को लागी NSW Nepalese Golfers Sydney फेसबुक पेजमा पाउने बताउनु भयो।

२०८१ बैशाख १९, बुधबार प्रकाशित 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।