३१ औं स्मृति दिवसमा क.मदन र जीवराज आश्रितको संस्मरण
विश्व राजनीतिको शक्तिशाली मुलुक सोभियत युनियन लगायत पूर्वी यूरोपका धेरै राष्ट्रहरुमा कम्युनिस्ट शासन ब्यवस्था विघटन वा रक्षात्मक रूपमा रहेको बेलामा,दशकौंदेखिको समाजबादी ब्यवस्था,साम्यवाद ढलिरहेको बेलामा,अब साम्यवाद र कम्युनिस्ट शासन ब्यवस्था डाइनोसर झैं लोप भैरहेको प्रोपोगन्डा पश्चिमा र पूजीबादी मुलुकहरूले मच्चाइरहेको बेलामा,जनताको मुक्तिको नायक कम्युनिस्ट पार्टीलाई सङ्ग्रहालयमा थन्क्याउने वस्तुको रूपमा विश्वभरीका प्रतिक्रियावादीहरुले गोयबल्स शैलीमा कम्युनिस्ट शासन ब्यवस्थाको उपयोगिता र सान्दर्भिकता समाप्त भैसकेको चर्चा गरिरहेको बेलामा आत्मगत र वस्तुगत अवस्थाको साचो भूगोलमा उभिएर सही वर्ग विश्लेषण गर्दै बर्ग संघर्षको वास्तविक नेतृत्व गर्न सक्ने कार्लमाक्र्स नेपालमा जीवीत छन् भन्ने सच्चा उदाहरण र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर पनि कम्युनिस्टहरुले शासनको वागडोर सम्हाल्न सक्छन् भन्ने सिद्धान्तका प्रणेता कमरेड मदन र त्यो सिद्धान्तलाई आम सच्चाइ तुल्याउन र सार्बभौम सच्चाइको नजिक पुर्याउन क.जीवराज आश्रितको भूमिका नेपाली कम्युनिस्ट आन्दोलनमा अबर्णित छ।
इतिहास वास्तवमा अत्यन्तै निर्मम हुदोरहेछ । नेपाली जनताका प्यारा नेता,जननेता नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक नेपाली जनताको तत्कालीन प्यारो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी -लेनिनबादीका तत्कालीन महासचिव एवं फलामे अनुशासन र सङ्गठनका जङ्गेपिलर, सङ्गठनका प्रतिमूर्ति जसको योगदानको मूल जग र प्राथमिकताका कारण तथा हतियार बन्दको लडाइँ (जनयुद्ध ) को समीकरणको बलमा गणतन्त्र सहितको सामाजिक रुपान्तरणको नयाँ युगमा हामी प्रवेश गरेका छौं । वहाँहरुको रहस्यमय हत्याको तीतो यथार्थतालाई हामीले नचाहेर पनि स्वीकार गर्न बिबश हुनुपर्यो। हामीले राम्रोसँग बुझेका छौं ,वहाँहरुको अवसानले नेपाली कम्युनिस्ट आन्दोलनले मात्र नभई सिङ्गै मुलुक ,आमूल परिवर्तन र समग्र लोकतान्त्रिक आन्दोलनले नै गम्भीर क्षति बेहोर्नु पर्यो। त्यो कहालीलाग्दो घटनादेखि यता मुलुकको राजनीतिक अवस्थामा ठूल्ठूला परिवर्तनहरु समेत भैसकेका छन् ।
यद्यपि वहाँहरुको रहस्यमय हत्याका वास्तविकताहरु गर्भमा नै सीमित छन् ।ती अपराधपूर्ण कुराहरुको नालीबेलीको भण्डाफोर र अपराधीहरुलाई जनताको कठघरामा हामी बारम्बार सरकारमा हुँदा समेत उभ्याउन नसक्नु दु:खद कुरा हो। यसर्थ सिङ्गै मुलुक र जनसमुदायको चिन्ता र चासोको बिषय रहेको यो घट्नाको सत्य -तथ्य उदघाटन गर्न अझैपनि हामीले भरमग्दुर कोसिस गर्नै पर्दछ। त्यो रहस्यमय हत्याकाण्डको सम्पूर्ण दुस्कर्मका चक्रब्यूहहरु सारा नेपाली जनसमुदाय र बिश्वसामु उजागर गराएरै छाड्ने प्रतिबद्धता र पहलकदमी हामीले लिनै पर्दछ।
कमरेड मदन र आश्रित अहिले भौतिक रूपमा हामीहरुको बीचमा हुनुहुन्न। दासढुङ्गा हत्याकाण्ड भएको पनि यतिबेला २७ बर्ष पूरा भैसकेको छ। मुलुकको हरेक क्षेत्रमा धेरै परिवर्तनहरु भएका छन् । बि.स.२०५० सालतिर देशमा बहुदलीय ब्यवस्था थियोे , नेपाली काङ्ग्रेसको ठूलै र सर्वसत्तावादी ज्यादती थियो। कमरेड मदन राजनीतिमा निकै सुझबुझ र दूरदृष्टि राख्ने नेता हुनुहुन्थ्यो । त्यस्तै कमरेड जीवराज फलामे अनुशासन, सङ्गठनशैली र ब्यवहारका सन्दर्भमा ज्यादै प्रतिबद्ध र खरो नेता हुनुहुन्थ्यो । आ-आफ्नै बिशेषता र गुणहरुले गर्दा वहाँ दुबै जना नेताहरू कार्यकर्ताहरुको बीचमा मात्रै हैन सम्पूर्ण जनसमुदायहरुको बीचमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो ।वहाँहरुको नेपालको राजनीतिक आन्दोलनको इतिहासमा धेरै नै महत्त्वपूर्ण र प्रेरणादायी भूमिका रहेको छ।
सन्दर्भ २०५० जेष्ठ ३ गतेको हो। म कक्षा ८ मा अध्ययनरत बिद्यार्थी र कक्षाको पहिलो बेन्चको पहिलो विद्यार्थी थिए। म सानै थिए ,पोखरा -२१ को कृस्तीनाच्नेचौरबाट दिबङ्गत आदरणीय अग्रज भक्त भूजेलसित कमरेड मदन भण्डारीको भाषण सुन्न भनी पोखरा सभागृह (दिपेन्द्र सभागृह ) आए, सायद पार्टी नेता खड्ग हमाल सहित अरु धेरै जना आउनुभएको थियो। त्यतिबेलासम्म मैले तत्कालीन नेकपा एमालेको सदस्यता प्राप्त गरिसकेको थिइन उमेर सानो भएको कारण । तर, पार्टी कार्यकर्ता , एल्लेग्रहा प्राथमिक बिधालयको शिक्षक यामनाथ सुबेदीले म स्यानो भएपनि मेरो घरमै पार्टी सदस्यताको आवेदन २०४९ सालतिरै लैजानु भएको थियो रे तर भेट भएनछ ०४६-०४७ सालदेखि नै तत्कालीन नेकपा मालेको गैर पार्टी सदस्य कार्यकर्ता हुदाहुदै पनि म छुटेछु पार्टी सदस्यता प्राप्त गर्न। किनकि , २०४६ सालको जनआन्दोलनको म सक्रिय सहभागी हो, २०४७ पोखरा -२१ , कृस्तीको बयली प्राथमिक बिधालयमा आयोजित क. प्रभा बराल (मेयर , चितवन ), बिद्याबिमल बराल, श्रीनाथ बराल र लिलाधर पौडेल उपस्थित तत्कालीन नेकपा मालेको कार्यक्रम र भक्त भूजेलको घरमा स्थापना भएको तत्कालीन मालेको सम्पर्क कार्यालय उद्घाटनको सहभागी र २०४७ बैशाख १० हो कि २०-२१ गते हो, बहुदलीय ब्यवस्था स्थापनाको सन्देश सभामा अनेरास्ववियु एकताको पाचौंको तर्फबाट वक्ता हो म ।
२०५० जेष्ठ ०३ गते पोखरा सभागृहमा हाम्रो प्यारो पार्टीको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन समारोह हुँदै थियोे । उद्घाटन सत्रमा मन्चमा क.मद्नन ,बाचस्पति देवकोटा, मैले क. किरण र त्रिलोचन ढकाल (२०४८ बैशाख मा कविता सङ्ग्रह चौडा साठी लम्बा नब्बे झण्डा गीत सहित चिन्थे ) को खास सम्झिन सकिन, गण्डकी – धौलागिरी अन्चलका माननीय सदस्यहरु मुस्ताङको ॐबिकास गौचन (ढुङ्गाले हानेर मृत्यु ) सहित हुनुहुन्थ्यो , उदघाटन क. खगराज अधिकारी खासमा मदन कमरेडको भाषणको मात्र अलिअलि याद छ, त्यो पनि वहाँको यस भनाइको तात्पर्य भन्ने थेगो उद्घाटन सत्रमा । ४:३०-४:४५ त्यस्तै कतिभएको थियो कुन्नि , सिमसिम पानी परिरहेको थियो। क.मदन र जीवराजलाई चितवनका लागि क.खगराज लगायतका नेताहरुले बिदाइ गर्नुभो ।
म कसरी , कोसित घर फर्के पैदल हिडेर अधकल्टो याद छ मलाई ।भोलिपल्ट बिहान म घरको पिढीमा लामो गुन्द्री ओछ्याएर पढ्दै अगाडि लामो क्यासेट प्लियर राखेर ७ बजेको समाचार सुन्दै थिए, अकस्मात क.मदन र जीवराज चढेको जिप दासढुङ्गा भन्ने ठाउँबाट त्रिशुली नदीमा खस्यो , दुबै नेताहरू हराएको खबर आयो तर चालक अमर लामा बाचेको खबर सनसनी भयो, सुन्ने बित्तिकै बेहोस जस्तै भए म, इन्तु न चिन्तु भैयो, सारा देश शोकमग्न भयो, सारा नेपालीहरुले आफ्नो भरोसा लाग्दा नेताहरू गुमाएकोमा भावबिह्वल भए, दासढुङ्गा हत्याकाण्डको यथार्थ कुरा बाहिर ल्याउन लाखौं जनसमुदाय आन्दोलित भए, जीवीत अमर लामा माथि छानबिन गर्न, हत्यारा र हत्याको योजनाकारहरु पत्ता लगाई हदैसम्मको कार्बाही गर्नका लागि भनी त्यो जतिबेलै पानी पर्ने बर्षातको समय, खेतीपातीलाई समेत कुनै प्रवाह नगरी पोखरा -काठमाडौ लगायतका ठूल्ठूला शहरहरुमा जनताको व्यापक समर्थनमा हत्या बिरोधी आन्दोलनमा जनसमुदायको अभूतपूर्व सहभागिता भयो।
सायद त्यसको पर्सिपल्ट हाम्रो पार्टी तत्कालीन नेकपा एमालेले त्यो हत्याकाण्डको विरुद्धमा नेपाल बन्दको आयोजना गर्यो, म ८ कक्षामा पढ्ने भएता पनि अनेरास्ववियुको अध्यक्ष थिए, भविष्य निर्माण मा.बि.मा बिधालय बन्द गर्न भनी पार्टीका स्थानीय नेता खड्ग हमाल बिधालय छिर्नुभो र मलाई भेटेर बिधालय बन्द गर्ने कामको अगुवाई गर्न निर्देशन गर्नुभो, मैले कक्षा -८, ९ र १० मा सूचना भने नेपाल बन्दको।अफिसको बाहिरपट्टि ढोकाको आडमा घण्टी थियो, छुट्टी भएको लामो घण्टी बजाए। त्यो दिन त हेडसर दामोदर पराजुली (पोखरा ,न्यूरोड ) बिधालय आउनुभएको थियो तर भोलिपल्ट वहाँ स्कुल आउनु भएन।तर म त्यो दु:खद अवस्थामा पनि जेनतेन बिधालय गएको थिए। बिधालयमा मैले अघिल्लो दिनमा बिधालयमा पठनपाठन बन्द गराएको निहुँमा मलाई कहिल्यै पनि स्कुलमा पढ्न नपाउने गरी निष्कासन गर्न गाउँ भरिका कम्युनिस्ट इतरका मानिसहरू बिधालयमा डेलिगेशन आउनुभयो तर त्यो दिन बिधालयका प्रधानाध्यापक मेरा आदरणीय गुरु, सच्चा अभिभावक दामोदर शर्मा पराजुली हुनुहुन्थेन र वहाँहरु फर्कनुभो तर गाइगुई ५ गते साझ र ६ गते बिहान फलानोको छोरालाई बिधालयबाट रेष्टिकेट गर्ने रे भन्ने हल्ला सुनिरहेको थिए, तर , बिधालयको ९ र १० मा अध्ययन गर्ने पहिलो बेन्चका अग्रजहरु(ई.हरिबहादुर थापा , उपसचिव ;श्रीराम सुवेदी , अमेरिका ;बिष्णुबहादुर थापा , डा.राजेन्द्र रानाभाट ) सामान्यतया अनेरास्ववियुसित आबद्द हुनुहुन्थ्यो , बिधालयमा कार्यरत शिक्षक-कर्मचारी र अल्पमतको भएपनि गाबिसको नेतृत्व मेरो पक्षमा थियो नै, पर्सिपल्ट हेडसर आउनुभो, मलाई रेष्टिकेट गर्ने भन्ने टोली फेरि बिधालय पस्यो, मेरा आदरणीय गुरु दामोदर पराजुली लगायतको टोलीले त्यो द्वन्दको तत्कालीन रूपमा त समाधान गर्नुभो तर ममाथि सधैं फरक बिचार राखेकै आधारमा धेरै अन्याय , अत्याचार भयो, अझ बहुदल आउने बेलामा त उपल्लो कक्षा चढ्ने सबैभन्दा कम अन्तरका मेरो जम्मा ५२२ (डा.मन्जु कार्की ५१७) अङ्कका साथ अर्को कक्षामा जादा राजनीतिक पूर्वाग्रहका कारण म र मेरो आमामाथि ठूलै मानसिक तनाव दिइन्थ्यो, प्रतिकात्मक रूपमा यो साचो उदाहरण पेश गरेको। ५० को दशकमा त देशैभर काङ्ग्रेसको यस्तै चौचकी र बौबौकी थियोे , कम्युनिस्टलाई त छुत-अछूतको जस्तो ब्यवहार गरिन्थ्यो, हल-परेली चल्दैन्थ्यो, निषेध जस्तै थियो, कम्युनिस्ट पार्टीको शुभचिन्तक , कार्यकर्ता हुन निकै गाह्रो थियो। फेरि मेरोमा झनै ५ वटा काङ्ग्रेसले , ४ वटा मात्रै वडा हाम्रो पार्टीले चुनाव जितेको। गाउँ बिकास समितिको अध्यक्ष -उपाध्यक्ष बालबाल (जम्मा १३० मतको फरक Means ६६) तत्कालीन नेकपा एमालेले जितेको। स्कुल भएको वडा काङ्ग्रेसका ठूला नेता तारा भाटको मावली गाउँ , सामान्यतया :सबै जसो काङ्ग्रेस , बहुदल आएदेखिनै काङ्ग्रेसको निशानामा परेको म ०४८,०४९ र ५१ को चुनावसम्म त वहाँहरुको यति दमन कि! घरमै बस्न नदिने,आमालाई पनि ठूलो मानसिक तनाव दिने। बिधालयमा पढाउने गुरुहरु र तत्कालीन कृस्ती (हाल पोखरा -२१) को वडा नम्बर २ र ३ मा रहेका जनसमुदाय मात्र आफ्नो अभिभावक जस्तो मलाई मनोबैज्ञानिक असर।
सानो जाँच जेष्ठ महिनामा हुन्थ्यो , क.मदन र जीवराजको हत्याको त्यो तनावले मेरो परीक्षा बिग्रयो, कक्षा -१ देखिको फस्ट बिद्यार्थी ,त्यो बर्ष अगिल्लो बर्षको दोश्रो बिद्यार्थी बिरामी परेर मसितै प्रतिस्पर्धा (आदरणीय दाजु हरिबहादुर कुवर,निमाबि,द्वितीय ) गर्ने हुनुभो, जेष्ठको जाचमा दाजुले मलाई १२.५ अङ्कले जित्नुभो, मलाई आदरणीय टक थापा (बेलायत )सरसित गणित ट्युसन पढ्न पोखरा झारियो, सरले गणितको ज्यामिति मात्र पढाइदिनुभो, अनि कक्षा १० का सित मिसाएर अङ्ग्रेजी ब्याकरण बोधराज भट्टराई सरले पढाइदिनुभो। तर,आफू नेताद्वयको हत्याकाण्डको विरुद्धमा के झरी, के बादल, के असिना, के दिन,के रात ? निरन्तर कहिले राके जुलुस , कहिले बन्द, हडतालमा , चक्काजाम आदिमा आन्दोलित भैयो।
जनताका प्यारा नेताद्वयको तेह्रौं दिनको स्मृति सभा जेष्ठ १५ मा पोखराको चिप्लेढुङ्गा , चौतारीमा (हाल बिपी शालिक) भएको थियो, झमझम पानी परिरहेको थियो , श्रद्धाञ्जली सभाको सन्चालन आदरणीय अग्रज पुष्पज्योती ढुङ्गानाले गर्नुभएको थियो, हाम्रो पार्टीका श्रद्देय नेताहरु बामदेव गौतम र अशोक राईले रुदैरुदै शोकलाई शक्तिमा बदल्ने बिश्वासका साथ शोकसभालाई सम्बोधन गर्नुभएको थियो, हजारौं जनसमुदायहरु बलिनधारा आसुसहित शोकसभामा उपस्थित हुनुहुन्थ्यो , म पनि सानो नाबालक मेरा प्यारा नेताद्वय जननेता क.मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको १३ औं दिनको शोकसभामा घुक्क घुक्क रुदै आफूलाई सम्हाल्दै र नियन्त्रण गर्दै ,भावबिह्वल हुँदै भाग लिदै थिए।
जनताको बहुदलीय जनवादका प्रतिपादक,सिद्धान्तका लागि जीवन हैन ,जीवनका लागि सिद्धान्त हो,सिद्धान्तको रङ्ग खैरो र जीवनको रङ्ग हरियो हुन्छ भन्ने बिचारका दार्शनिक क.मदन र त्यो सिद्धान्तलाई प्रतिपादन गर्न असल मित्रको भूमिका खेल्नु भएका कुशल सङ्गठक,फलामे अनुशासनका प्रतिमूर्ति क.जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै जीवन पर्यन्त निशर्त नेपाली जनताको मुक्तिकामी आन्दोलनमा अनबरतरुपमा लाग्ने प्रतिबद्धता दोहोर्याउछु।
क.मदन र आश्रित अमर रहून्।
नेपाली क्रान्ति जिन्दावाद ।
जनताको बहुदलीय जनबाद जिन्दावाद ।
लेखक: झपट रानाभाट (नेकपा एमाले कास्कीका प्रभावशाली नेता)