२०८१ माघ २७ आईतवार

राष्ट्रिय युवा संघ कास्कीको संयोजक शंकर पौडेल !!

पोखरा , ५ जेठ ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशन २०८० माघ १२ गते उद्घाटन सत्र अन्त्य भई नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि प्रतिनिधिको विषयमा विवाद उत्पन्न भई अधिवेशनको बन्द-सत्र स्थगित भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय पदाधिकारी बैठक २०८१ वैशाख ३१ गते सोमबार बसेको बैठकले निर्णय बमोजिम कास्की जस्तो महत्वपूर्ण जिल्लामा संगठनको कमिटीलाई निष्कृय राख्न नसकिने र कमिटीलाई नियमित काममा फर्काउनु पर्ने परिस्थितिको मूल्याङ्कन गर्दै जिल्ला कमिटी कास्कीको काम व्यवस्थापन गर्नका लागि तत्कालीन कमिटीका उपाध्यक्ष शंकर पौडेलको संयोजकत्वमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षहरू सहित ३ निर्वाचन क्षेत्रवाट १/१ जना महिलाको ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी ९ सदस्यीय आयोजक कमिटी बनेको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि पालिकाका अध्यक्षहरू आयोजक कमिटी सदस्य रहने छन् । पोखरा महानगरपालिकामा प्रदिप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकामा दल बहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी, महिला सदस्यहरुमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेल लाई जिल्लाको आयोजक कमिटी सदस्य रहने महासचिव सुमन पुरीद्वारा हस्ताक्षर भएको केन्द्रको पत्रमा उल्लेख  छ ।

पत्रको मिति अनुसार ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्न केन्द्रिय कमिटीले निर्देशन गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकको निर्णय कार्यान्वयन गर्न गराउन संगठनका सम्पूर्ण नेता कार्यकर्ताहरुमा निर्देशन गरिएको छ ।

२०८१ जेष्ठ ६, आईतवार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।