Let’s preserve Mt Everest नारा सहित अष्ट्रेलियामा अन्तराष्ट्रिय एभरेष्ट डे मनाईने ।
सिडनी । अष्ट्रेलिया । फेन्काको आवद्ध संस्थाहरुको आयोजना तथा RSNA को संयोजनमा नेपाल चिनाउँदै अष्ट्रेलियामा अन्तराष्ट्रिय एभरेष्ट डे मनाईने ।
फेडेरशन अफ नेप्लिज कम्युनिटी एसोसियन (फेन्का) तथा त्यसमा आवद्ध सामाजिक सदस्य संघ संस्थाहरुको आयोजनमा २६ मे न्यू साउथबेल्थ सिड्निमा अन्तराष्ट्रिय एभरेष्ट डे मनाउने घोषणा गरेको छ ।
संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेको बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्यका साथ २६ मे मा एभरेष्ट डे को आयोजना गरिएको फेन्काका न्यू साउथ बेल्थ का स्टेट कोडिनेटर विष्णु हमालले बताउनु भयो यसै गरी फेन्का अस्ट्रेलियाका उपाध्यक्ष डा० मधु सुदन पुडासैनि ले माउन्ट एभरेष्टका बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रवधन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने हुदाँ कार्यक्रम आयोजना गरेका हौं साथै पर्यटन क्षेत्रको प्रवद्र्धन संगै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । “हिमाल संरक्षण गरौं Let’s preserve Mt Everest” भन्ने नाराका साथ 26 मे मा अष्ट्रेलियामा स्थानिय समय अनुसार विहानको १० बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी तयारी गर्ने कार्यक्रम रहेको छ ।
यसैवीच न्यू साउथ वेल्सका स्टेट डिपुटी कोडिनेटर एवं RSNA का संरक्षक मुक्तिराम पोखरेल ले सिड्नीको Five dock मा २८ मे मा विहान ८ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभएको छ । उहाँले नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित मार्च पास एभरेष्ट डे मनाउने कार्यक्रम रहेको बताउनुभयो।
नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनु भयो फेन्का का ले नेपालको हितका लागि पनि सबै सहभागि हुनुपर्ने आवश्यकता औंल्याउदै सम्पूर्ण सामाजिक संघ संस्थाका प्रतितिधि ज्यू हरुलाई सक्रिय रुपमा सहभागिता जनाउन पोखरेलले अनुरोध समेत गर्नुभएको छ ।