
महायोगी गुरु गोरखनाथ जन्मजयन्ती को हार्दिक हार्दिक शुभकामना 🙏🕉️❤️🇳🇵
महाभारत युद्धमा अर्जुनको रथमा भगवान श्रीकृष्ण बिराजमान हुन् भए झै बडा महाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियानमा गुरु गोरखनाथको अदृश्य उपस्थीती, सुक्ष्म चेतना र आध्यात्मीक शक्तीको कारण नै सफल भएको कुरा ऐतीहासीक अभिलेखहरुमा अझै पनी हेर्न र पढ्न पाईन्छ। १२ वर्षे बालकको रुपमा गोरक्षाचल गुफा (गोरखा) मा प्रकट शिव गोरक्षा अवतारलाई हाम्रो भुमीमा अदैत शैव परम्पराको दैवी अवतरण मान्न सकीन्छ । छ वर्षे बालक युवराज पृथ्वीनारायण शाहले दधिवरका साथ धर्मोपदेश प्राप्त गर्नु पछाडीको गोरक्षा कृपा प्रति नेपाली जाती अनुगृहित छन् । दिव्य देशहरू तत्वगत रूपमा गोरखबाडी नै थिए । त्यही आध्यात्मिक शक्ती प्रतिकात्मक रूपमा आज पनी नेपाली सिक्कामा भवानी र गोरखनाथ, त्रीशुल, गाई, चन्द्र सुर्य अंकीत राष्ट्र ध्वाजा सेनाका नाथान्त नाम भएका पल्टनहरु तीनका व्यक्तीहरू निशान आदि शीव गोरक्षा परम्पराका जीवन्त उद्वारणहरु हुन् ।
बाबा गोरखनाथको प्राकट्यभुमी गोरखा बारे एउटा कालखण्डका गोरक्षा राष्ट्रका साधक पूज्य गुरु योगी नरहनीनाथका निम्त पङ्तीहरू सान्धर्भीक देखीन्छन् ।
वैशाखीशिवपुर्णीमातिथिवरे वारे शिव मंगले । लोकानुग्रहविग्रहः शिवगुरुगोरकक्षनाथोभवत ।।
गोरक्षाचलशेखरे तिरुचिरे कैलाशकुटे गुहा ।
गर्र्भादित्यत्वीलै: सनातनजर्मेला कृता मंगले।।
अर्थात :-
बैसाखी पुर्णिमामा, मालबार कैलास निवासी शीवले कैलासकुट भवनको आसपास गोरक्षा चल गुफामा अवतार लिनुभयो त्यसै कारण प्रत्येक मंगलबार गोरखनाथलाई रोट अर्पण गरीन्छ ।
गोरखनाथ शब्दको व्यापकता कुनै एक मात्र क्षेत्र वा भाषामा सीमीत परम्परा होइन । संस्कृत, नेपाली, हिन्द, बंगाली, मराठी, पञ्जाबी भाषामा नाथ साहित्य, इतिहास सावर मन्न्त्र तन्त्र उपलब्ध छन भने योग शरीर विज्ञान, कायाकल्प, आत्म निरीक्षण. समाज सुधार जस्ता थुप्रै क्षेत्रसँग गोरक्षा शक्ति जोडीएको छ ।
नेपाली ग्रमीण समाजमा कानफट्टा जोगीले घरघरमा फेरी लगाउने त्यस्ता जोगीलाई दान दिने परम्परा नाथ सम्प्रदाय र समाज विचको धार्मिक एवंम सांस्कृतीक कड़ी हो । हाम्रा बालबालीका को कान छेड़ने परम्परा, सनातनी जनहरु भोलेनाथ, पशुपतीनाथ, गोरखनाथ, मत्स्येन्द्रनाथ बौद्धनाथ र मीन माथलाई पुज्ने चलन छ भने मुसलमान बन्धुहरुका लागी गोरक्षा निर्माण गरीएका पीर पीठहरू यस्का ज्वलन्त उदारणहरू हुन । नाथ परम्परा हाम्रो समाजको बलियो सास्कृतीक र धार्मीक आस्थाको प्रतिक हो । नाथान्त नाम पुरुषहरुमा र माया वा देवी नामान्त नामहरु माया/देवीका नामबाट महिलाहरुमा पाइन्छ। यस्ले हाम्रो समाजमा सिद्द बुद्ध परम्परालाई जनाउदछ ।
पुनस्चःराष्ट्र गुरु गोरखनाथको महिमा जती नै वर्णन गरे पनी कदापी सकिनेछैन तर पनी नया पुस्तामा गोरखनाथ,नाथ सम्प्रदाय एवंम हाम्रो मौलिक धर्म संस्कृती मुल्य र मान्यता लाई बुझाउनु पर्ने छ पढाउन पर्नेछ त्यसैले बाकी बृतान्त लिएर फेरी पनी एऊटा लेख तयार पार्नेछु ।धन्यवाद
#गोरखसेना
#जयगोरख
#जयजयकाली
✍️विजय पराजुली