
सिडनी । अष्ट्रेलिया । CIHE गल्फ लिग २०२४ को अहिले सम्म ५ औ खेल सम्पन्न ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेपालीज गल्फर एसोसिएशनले आयोजना गरेको दोस्रो CIHE GOLF LEAGUE 2024 चलिरहेको छ ।
कुल आठ वटा गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE रहेको छ।
यही मे 26 तारीख 2024 मा भएको लिगको चौथो खेलमा बिभिन्न देशका प्रवासीहरु समेत गरेर जम्मा 20 जनाले भाग लिएका थिए। चौथो दिनको खेलमा बिसाल सेरेष्ठ 40 अङ्क सहित प्रथम भए भने 36 अङ्क सहित सुदिप बास्तोला दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) मिलन सेरेष्ठले जिते भने Longest drive (LD) चाही केन्द्र जी ले जिते। जोर्जेज रीभर गल्फ कल्वमा भएको बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गर्नु भयो।
खेलको पुरस्कार बितरण गर्नु हॅदै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले
बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र दिन प्रतिदिन यसरी नया नया देस बिदेसका साथीहरू गल्फमा रुचि राखी प्रतियोगितामा भाग लिएको मा सबै खेलाडी तथा आयोजकलाई बिषेश धन्यवाद दिनु भयो।
आयोजकको तर्फबाट दिपक पहारीले यो लिगको प्रायोजक Crown Institute of Higher Education – CIHE लाई बिसेष धन्यवाद दिदै अबको पाचौ खेल जुन 30th मा Stone Cutter Golf course, NSW मा हुने जानकारी दिदै कोही ईच्छुकहरुले सम्पूर्ण जानकारी र सम्पर्क को लागी NSW Nepalese Golfers Sydney फेसबुक पेजमा पाउने बताउनु भयो।